गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण

पोखरा, ३१ जेठ/ गण्डकी प्रदेशमा शनिबार विहान थप ५ जनामा कोरोना संक्रमण थपिए सगँ कोरोना संक्रमितको सख्या १ सय ९७ पुगेको छ ।

शनिबार पर्वतमा ४ र नवलपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो । पर्वतमा ६ बर्ष दखि १७ वर्ष उमेर समुहका रहेको स्वास्थ्य निदेशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

पर्वतको कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टिइनमा ६ बर्षिय बालक र १७ बर्षकी १ जना युवतीमा कोरोना संक्रमणको पुष्टि भएको उनले बताए ।

त्यसैगरी पर्वतको जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा बसेका १७ बर्षिय युवक र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा बसेका १६ बर्षिय १ जना युवक रहेका छन् ।

यो सगँ पर्वतमा कोरोना संक्रमितको सख्या २६ पुगेको छ । उनीहरुलाई जिल्ला अस्पताल लैजाने तयारी भईरहेको उनले बताए । त्यसै गरि नवलपुरको मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टिइनमा रहेका ४५ बर्षिय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

नवलपुरमा संक्रमितको सख्या ४३ पुगेको छ । उनलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । गण्डकी प्रदेशमा १ जनाको मृत्यु भएको छ भने ११ जनालाई निको भएको छ ।

कमेन्टहरु
Loading...