गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण

पोखरा, १ असार / गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना कोभिड १९ संक्रमण पुष्टि भएको छ । तनहुँमा ५ जना र नवपुरमा १ जना थपिए सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या २ सय ५ पुगेको छ ।

तनहुँको घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २२ देखी ४६ बर्षिय पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

उनीहरुको तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा उपचार भइरहेको उनले बताए । त्यसै गरी नवलपुरको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २० बर्षिय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको उनले जानकारी दिए ।

उनको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भएको उनले जानकारी दिए । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०५ पुगेको छ । त्यस मध्ये १ जनाको मृत्यु भएको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...