गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण, कोरोना संक्रमितको सख्या १९ पुग्यो

पोखरा, १६ जेठ / गण्डकी प्रदेशको नवलपुर र म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण देखीएको छ ।

नवलपुरको देबचुली नगरपालिका घर भई सोही नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका १९ र २१ का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरुलाई नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारका लागि लैजाने तयारी भैरहेको स्वास्थ्य निदेशनालय गण्डकी प्रदेशका निदेशक विनोद विन्दु शर्माले जानकारी दिए ।

त्यसै गरी म्याग्दीको मालिका गाउँपालिका घर भै बेनी नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका ३० बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनको सदरमुकाम बेनी स्थित आईसोलेसन कक्षमा राखीएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ । दुई जना निको भएर घर फर्कि सकेका छन् ।

कमेन्टहरु
Loading...