गण्डकी प्रदेशले प्रदेश दुग्ध विकास बोर्डको ५१ प्रतिशत शेयर खरिद गर्ने

पोखरा, १० माघ / गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश दुग्ध विकास बोर्डको ५१ प्रतिशत शेयर खरिद गर्ने निर्णय गरेको छ ।

माघ ९ गते बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुग्ध विकास बोर्डको ४९ प्रतिशत शेयर सर्वसाधारणका लागि खुलाउने गण्डकी प्रदेशका भौतिक योजना मन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले बताए ।

उनले त्यसै गरि संघिय सरकार सँग अन्नपुर्ण संरक्षण क्षेत्र एक्याप, मनास्लु संरक्षण क्षेत्र एमक्याप र पञ्चासेको व्यावस्थापनको जिम्मा प्रदेश सरकारलाई दिन माग गरेको बताए । त्यसै गरि पोखराको लेकसाइडमा रहेको रत्नमन्दिर, हिमागृह र नेपाल ट्रष्टको स्वामित्वमा रहेका अन्य जग्गाको व्यस्थापनको जिम्मा प्रदेश सरकारलाई दिन माग गरेको बताए ।

त्यसै गरी गण्डकी प्रदेशका ५ ठाउँमा औद्योगिक ग्रामको पूर्वाधार विकासका लागि रकम हस्तान्त्ररण गर्न स्वीकृति दिने निर्णय गरेको बताए । उनले एउटा औद्योगिक ग्रामका लागि ५४ लाख रुपैया प्रदेश सरकारले प्रदान गर्ने बताए ।

त्यसै गरी प्रदेश सरकारको दुई वर्ष पूरा भएको अवसरमा कार्यक्रम गर्ने र उत्कृष्ट कर्मचारी छनौटका लागि समिति समेत गठन गरेको उनको भनाई छ । बैठकले प्रदेश विकास समिति सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति दिएको छ ।

कमेन्टहरु
Loading...