पोखरा, २४ पुस/ बाल संरक्षण र बाल अधिकारबारे गण्डकी प्रदेशका नीति तथा कार्यक्रमहरुबारे पोखरामा बिहीबार छलफल भएको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले बाल अधिकारसँगै बालबालिकालाई कर्तव्यको बोध गराउनुपर्नेमा जोड दिए ।
त्यसै गरी उपसभामुख सृजना शर्माले बालबालिकाबारे उचीत नीति बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् । त्यसै गरी गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले बालबालिकाको पक्षमा लगानी वृद्धि गर्न तर्फ ध्यान पु¥याउन सबै पक्षलाई आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेश समाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख जमुना पौडेलले गण्डकी प्रदेश सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमहरुबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसै गरी बाल अधिकारकर्मी मिलन धरेलले बाल अधिकारका क्षेत्रमा आवश्यक विभिन्न नीतिहरु तर्फ ध्यानाकर्षण गराइन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य ओमकला गौतम, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालयकी नीतु गर्ताैलाले समेत आफ्नो धारणा व्यक्त गरेनन् ।
स्वतन्त्रता अभियान, जागृति बाल तथा युवा सरोकार नेपाल, यात्रामा रहेका बालबालिका (ड्युकम), बाल मैत्री स्थानिय शासन राष्ट्रिय मञ्च, किशोरी अधिकारका लागि राष्ट्रिय सञ्जाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, राष्ट्रिय बाल संरक्षण सञ्जाल लगायतका संस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।
करिब पाँच दर्जन सहभागी रहेको कार्यक्रममा बाल विवाह, बालबालिकाहरुको जन्म दर्ता, बाल श्रम, बाल संरक्षण, बालबालिकाहरुको सामाजिक सुरक्षा, बालबालिका सम्बन्धी ऐन निर्माण तथा कार्यान्वयन, बाल मैत्री स्थानिय शासन अबलम्बन, किशोरी सशक्तिकरण लगायातका विषयहरुमा सहभागीहरुले आफ्नो अभिमत राखेका थिए ।
कार्यक्रम स्वतन्त्रता अभियानकी अध्यक्ष चन्द्रकला शर्माको अध्यक्षता, जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलको सहजिकरण तथा राष्ट्रिय बाल संरक्षण सञ्जालकी अध्यक्ष ऋतु भट्टराईको स्वागत गरेकी थिइन् ।