सहिद घाइते तथा वेपत्ता परिवारलाई बजेटमा सम्बोधन गर्न सांसद कोइरालाको माग

पोखरा, १७ जेठ/ गण्डकी प्रदेश सभाका सांसद दीपक कोइरालाले गणतन्त्र प्राप्तीको लागि जीवन बलिदान गर्ने सहिद, घाइते, र वेपत्ता हुनेहरु र तिनका परिवारलाई नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

विनियोजन विधेयक २०७७/७८ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिदै सांसद कोइरालाले बताए । गणतन्त्र ल्याउन बलिदान गर्ने सहिद , घाइते तथा वेपत्ताहरुको आश्रित परिवारलाई सरकारको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन नगर्ने कुरा गम्भीर विषय हुने बताए ।

यसै विचपूर्व माओबादीबाट प्रतिनिधित्वगर्ने नेकपाका सांसद गायत्री गुरुङले अझै पनि सहिद, घाइते, अपाङ्गता तथा वेपत्ता भएका परिवारको मुद्धा सरकारले गम्भीरता पूर्वक नलिदा बजेटको सिद्धान्त र प्राथमिकतामा नपरेको बताए ।

सांसद मधुमाया अधिकारीले सहिद, वेपत्ता, घाइते हरुलाई सरकारले भुलेको आरोप लगाइन् । उनले सरकारले रोजगार र सिप मुलक तालिमहरु पनि आश्रित परिवारलाई गराउनु पर्ने बताए । सांसद आशा कोइराला खनालले संघियताको मर्म अनुरुप सरकारले काम गर्न नसकेको बताए । सहिदको नाममा निर्माण भएका पार्क बाटोहहरु निर्माण सम्पन्न नभएर अलपत्र परेको बताए ।

बजेटको सिद्धान्त र प्राथमिकता प्रति आफूहरुको समर्थन रहेपनि सहिद, घाइते, तथा वेपत्ता परिवारलाई सम्बोधन नगरेकाले सो मुद्धा आगामी नीति तथा कार्यक्रममा समावेश गर्न माग गरीन् ।

प्रदेश सभामा बिहीबार विनियोजन विधेयक २०७७/७८ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा अन्य सांसदहरु मायानाथ अधिकारी, डोबाटे विश्वकर्मा, कृष्ण थापा, मोहन रेग्मी, हरिशरण आचार्य , ललिता गुरुङ, प्रभा कोइराला, ललितकला गुरुङ, ओमकला गौतम, मीना गुरुङ सावित्री राना, लक्ष्मी सुनार, जनकलाल श्रेष्ठ, पुष्पा भण्डारी लगायतले भागलिएका थिए ।

उनहरुले सरकारलाई दिएको सुझाबहरु समेटेर नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने सुझाब दिए ।

कमेन्टहरु
Loading...