गण्डकी मेडिकल कलेजमा एमआरआई सेवा सुरु

पोखरा, २६ वैशाख /पोखराको पृथ्वीचोकमा रहेको गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल तथा रिसर्च सेन्टरले आइतबार देखी एमआरआई सेवा सुरु गरेको छ ।

गण्डकी मेडिकल कलेजमा एमआरआई सेवा सुरु
गण्डकी मेडिकल कलेजमा एमआरआई सेवा सुरु

एमआरुआईको डाक्टर उपेन्द्र देवकोटाले उद्घाटन गरे । उच्चस्तरीय १ दशमलव ५ टेस्टलको उक्त मेसिन करिब १० करोड लगानीमा अस्पतालले ल्याएको हो । यो मेसिनले पोखरामा भएका एमआरआई मेसिन भन्दा अत्याधुनीक भएको अस्पतालका रेडियोलोजिस्ट मनिस किरण श्रेष्ठले जानकारी दिए ।

उनले यस मेसिनले स्तन क्यान्सरको लागि गरिने परिक्षण, नशासम्बन्धी गरिने परिक्षण तथा सबै खाले परिक्षण गरिने उनले जानकारी दिए । उनले विरामीले एमआरआई गर्दा ९ देखि १५ हजार रुपैया सम्म पर्ने जानकारी दिए ।

कमेन्टहरु
Loading...