गण्डकी मेडिकल कलेज र इन्द्रेणी सहकारी बीच सम्झौता

पोखरा, २७ असोज / पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको इन्द्रेणी वचत तथा ऋण सहकारी संस्था लि. र पोखरा–९,

नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेज अफ मेडिकल साईन्सेसका विच शुक्रबार एक सम्झौता पत्रमा हस्तान्तरण गरेका छन् ।

शुक्रबार आयोजित सहकारीको ११ औं वार्षिक साधारण सभाको अवसरमा सो सम्झौता गरिएको हो ।

सम्झौता अनुसार इन्द्रेणी वचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरुले गण्डकी मेडिकलमा उपचार गर्दा १० देखि ३० प्रतिशतसम्म

छुट पाउने कलेजका प्रमुख कार्यकारी अधिकृत कृष्णराज घिमिरेले वताए । उनले हस्पिटलले सहकारीका शेयर सदस्यहरुलाई कुनै पनि

समय कुनै पनि उपचारमा सहुलिएत प्रदान गरिने वताए ।

सहकारीका अध्यक्ष सागर अधिकारीले गण्डकी मेडिकल कलेजको सेवा तथा सर्तहरु अन्य हस्पिटलको भन्दा सहि लागेकोले सम्झौता

गरिएको वताए । अव सहकारीका एक हजार ५६ जना शेयर सदस्यहरुले यो सुविधाको उपभोग गर्न पाउने पनि उनले वताए ।

सो अवसरमा संस्थाका सल्लाहकार तिर्थ अधिकारीका छोरा विमल अधिकारीलाई इन्डोनेसियामा भएको १८ औं एशियाली खेलकुद

प्रतियोगितामा प्याराग्लाईडिङ खेलमा रजत पदक जित्न सफल भएकोमा, संस्थालाई विशेष योगदान दिने निवर्तमान अध्यक्ष प्रविण

पौडेल, उत्कृष्ठ विद्यार्थीहरु समिर गुरुङ, प्रतिभा क्षेत्री, सुवास अधिकारी र विजया अधिकारीलाई सम्मान गरिएको थियो ।

शेयर सदस्यका ७५ वर्ष पुरा भएका बुबाआमाहरु देविप्रसाद भट्टराई, भुवानी पौडेल, पद्मावती सिग्देल, रमादेवि पहारी, पुण्यप्रसाद वराल,

ज्ञानमाया दाहाल, दौपती रेग्मी, खड्गबहादुर मल्ल, शशिधर वराल उपाध्याय, गीता वराल उपाध्याय, केशरबहादुर गुरुङ, लाल बहादुर गुरुङ,

टोपली वराल, गंगामाया श्रेष्ठ, पदमलाल पौडेल, नन्दप्रसाद आचार्य, जयन्ती आचार्य र डिल्लिराम भट्टराईलाई दोसल्ला, नगद तथा

सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।

त्यस्ते जेष्ठ शेयर सदस्य देविबहादुर थापा र संस्थाको आर्थिक वृद्धिमा विशेष योगदान दिएका नारायणप्रसाद आचार्य र देवि चपाईलाई

पनि सम्मान गरिएको थियो ।

 

कमेन्टहरु
Loading...