पोखरा, २१ जेठ / गण्डकी प्रदेशको थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपुरमा बुलिङटार गाउँपालिका ठेगाना भै कपिलबस्तु जिल्ला, बाडगंगा नगरपालिका स्थित सिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहेका १६ बर्षिय युवामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
उनको चितवनको भरतपुर उपमहानगरपालिका स्थित कोरोना अस्पतालमा उपचार भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।