गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७९२ पुग्यो

पोखरा, १२ असार / गण्डकी प्रदेशमा शुक्रबार विहान थप २५ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनका भएको परीक्षणमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नवलपुरमा २१ जना, तनहुँमा २ जना, स्याङजा र बागलुङमा १/१ जनामा कोरोना संक्रमण देखीको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

नवलपरासीको कावासोती नगरपालिकाका १२ जना पुरुष र २ जना महिला, गैडाकोट नगरपालिकाका ७ जना पुरुषमा संक्रमण देखिएको शर्माले जानकारी दिए ।

यो सँगै नवलपुरमा संक्रमितको संख्या २ सय १० पुगेको छ । त्यसै गरि तनहुँको व्यास नगरपालिकाका २ जना पुरुष, स्याङजा कालिगण्डकी गाउँपालिका १ जना पुरुष, बागलुङको बरेङ गाउँपालिकाका १ जना पुरुष कोरोना देखिएको हो । उनीहरु २२ देखी ४९ वर्ष उमेर समुहका रहेका छन् ।

यो सँगै बागलुङमा १ सय ४३, स्याङजामा १ सय ३६, तनहुँमा १ सय २, पर्वतमा ६८, गोरखामा ७२, कास्कीमा ३४, म्याग्दीमा १४, लमजुङमा ११, मनाङ र मुस्ताङमा १/१ जनामा कोरोना संक्रमण देखि सकेको छ । गण्डकीमा अहिले सम्म १ सय १ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...