प्रदेश ४ सभामा काँग्रेसको नाराबाजी, नाम टुंग्याउन आग्रह

पोखरा, २७ जेठ/प्रदेश नम्बर ४ प्रदेश सभामा नेपाली काँग्रेसले अवरोध गरेको छ । पहिलो टेवुल भएका विधेयक र प्रश्तावहरु पहिले छलफल गरी टुंग्याउनुपर्ने माग सहित काँग्रेसले अवरोध गरेको हो ।

काँग्रेसले प्रदेशको नामका बारेमा पहिले निर्णय गरेर मात्रै अगाडी बैठक चलाउन आग्रह गरेको हो । गएको चैत १२ गते गठित नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेशसभामा प्रतिवेदन बुझाएको छ ।

तर नियतबश नामका बिषयमा छलफल नचलाईएको भन्दै काँग्रेसले आईतबारको बैठकमा अवरोध गरेको हो । काँग्रेसले सभामै नाराबाजी समेत गरेको छ । प्रदेशको गरिमा राख्नुपर्ने माग सहित नाराबाजी गरिएपछि आधा घण्टाका लागि संसद स्थगित गरिएको छ ।

२ बजेका लागि डाकिएको बैठक सहमति जुट्न नसकेपछि पौने ५ बजेमात्रै सुरु भएको थियो । बैठकको सुरुमै काँग्रेसका सांसदहरु उठेर विरोध जनाए । त्यसपछि सभामुखले बोल्ने समय दिएपछि संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले कुनैपनि हालतमा नाम नटुंग्याएसम्म सदन चल्न नदिने बताए ।

कमेन्टहरु
Loading...