यामाहा एफजी २५ स्ट्रिटफाइटर पोखरामा विक्रि सुरु

पोखरा, ११ भाद्र/नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो सफल तथा लोकप्रिय एफजी सिरिजमा बहुप्रतिक्षित बाइक एफजी २५ पोखरामा सार्वजनिक गरेको छ । विश्वकर्मा अटो वक्र्स र एमएडब्लु इन्टरप्राइजेजले आइतबार होटेल बाराहीमा भव्य समारोहका बीच २५० सीसीको बाइक सार्वजनिक गरेको हो ।
यामाहाको नयाँ बाइकलाई नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले सार्वजनिक गरेका हुन् ।

सो अवसरमा पोखराको लागि यामाहा डिलर विश्वकर्मा अटो वक्र्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठ र एमएडब्लुका सेल्स चिफ म्यानेजर प्रकाश देवकोटले मोटरसाइकलका बारेमा जानकारी दिएका थिए । अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधी रहेको एफजी२५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । बाइकमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी २५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ ।

एफजी २५ को डिजाइन शक्तिशाली मांशपेसी भएका खेलाडीको झैं ‘रोबस्ट’ बनाइएको निर्देशक श्रेष्ठले जानकारी दिए । नेपाली सडक सुहाउँदो बनाइएको ‘स्ट्रिट फाइटर’ले अधिकतम माइलेज दिने मात्र होइन वातावरणमैत्री पनि छ । एफजी२५का विशेषताले २० देखि ३५ वर्षसम्मका राइडरलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । नयाँ बाइक तीन वटा एक्साइटिङ कलर– ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ । एमएडब्लु इन्टरप्राइजेजले एफजी २५को बजार मूल्य तीन लाख ४४ हजार नौ सय रुपैयाँ तोकेको छ ।

एजी२५मा जापानी बजारमा सफल स्पोर्टस् बाइकमा प्रयोग हुने २४९ सीसीको विश्वासिलो इन्जिन जडान गरिनुका साथै नेपाली सडक सुहाउँदो ट्युनिङ गरिएको छ । यसमा यामाहाको प्योटेन्टेड ब्लुकोर इन्जिन रहेको छ जसले बाइकको पर्फमेन्सलाई बढाउने मात्र होइन इन्धन खपतलाई न्युन गर्छ र यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको उनको भनाई छ ।

८००० आरपीएममा २०.९ पीएसको अधिकतम पावर र ६००० आरपीएममा २० एनएम बराबरको अधिकतम टर्क उत्पन्न गर्ने एफजी२५मा एएचओ (अल टाइम हेडलाइट अन) प्रविधिको लिड हेडलाइट छ जुन २५० सीसीको बाइकमा पहिलो हो । यसमा आकर्षक एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, मडगार्ड र एमटी सिरिजका बाइकमा झैं स्पोक डिजाइन भएका ह्विल र रेसिङ स्टाइलको फुटप्याड छन् जसले यसलाई टप–एन्ड मोडेलको नयाँ दाबेदार बनाइदिएको छ ।

यो बाइकलाई रेसिङ मात्र होइन दैनिक प्रयोजनलाई मिल्ने गरी डिजाइन गरिएको छ ।  सन् २००८ मा लन्च गरेदेखि नै यामाहाको एफजी सिरिज निकै सफल सिरिजको रुपमा रहँदै आएको छ । अझ यसमा अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि जडान गरेपछि एफजी सिरिजका बाइकको पर्फमेन्स र माइलेज बढेको छ ।

 

कमेन्टहरु
Loading...