पत्रकार महासंघ ६२ औं वर्षमा, पोखरामा शुभकामना र छलफल

पोखरा, १६ चैत /नेपाली पत्रकारहरुको संस्था नेपाल पत्रकार महासंघ बुधबारदेखी ६२औं वर्षमा प्रवेश गरेको छ । यसअवसरमा महासंघ केन्द्र, शाखा र प्रतिष्ठानहरुमा विभिन्न कार्यक्रम भएका छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले बिहान शुभकामना आदान प्रदान तथा छलफल गरेको छ । महासंघको भवनमा सम्पन कार्यक्रममा शुभकामना दिदै  ‘मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवि पत्रकारहरको हक हित रक्षाका लागि महासंघले काम गर्नु पर्ने सुझाब दिए ।

उनीहरुले पत्रकार महासंघले वितरण गर्ने पुरस्कारमा राजनीति हुने गरेको बताउदै हाम्रोलाई भन्दा राम्रोलाई दिनु पर्ने बताए ।

कमेन्टहरु
Loading...