पत्रकार महासंघको भवन चैत ३ गते उद्घाटन हुने

पोखरा, २४ फागुन/नेपाल पत्रकार महासंघ कास्कीको बहुउद्देश्यीय भवन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने भएका छन् । भवन निर्माणका लागि पत्रकार महासंघ कास्कीले गरेको निमन्त्रण प्रधानमन्त्री ओलीले स्वीकार गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आगामी चैत्र ३ गते दिउँसो ३ बजे नवनिर्मित बहुउद्देश्यीय भवन प्रधानमन्त्री ओलीले समुद्घाटन गर्ने निश्चित भएको पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

अध्यक्ष ज्ञवालीले पत्रकार महासंघ कास्की कै सभा हलमा आयोजना गरिने सो विशेष समारोहमा सहभागी हुनका लागि सम्पूर्ण चन्दादाता, शुभचिन्तक तथा पत्रकारहरुलाई आग्रह गरेका छन् । यस अघि माघ २६ गते उपराष्ट्रपति नन्दबहादुर पुनबाट भवन उद्घाटन गर्ने गरी तय भएको कार्यक्रम उपराष्ट्रपति अचानक अस्वस्थ भएकाले स्थगति भएको थियो ।

कमेन्टहरु
Loading...