फेवाताल फेरोमा पदमार्ग

सागर राज तिमिल्सिना
पोखरा, १६ चैत /विश्वका पदयात्रा क्षेत्रमा कहलीएको नाम हो अन्नपुर्ण पदमार्ग । तर पछिल्लो समयमा पदमार्गलाई मोटरबाटोले घटाउदै गएपछि पदयात्रा आउने पर्यटकहरुको यो क्षेत्रको बसाई घट्दै गएको छ । पोखरा आउने विदेश र स्वदेशी पर्यटकका लागि व्यवसायी पदमार्गको खोजीमा छन् । पोखराका केही सक्रिय व्यवसायी पोखरा उपत्यका र फेवाताल घुम्ने गरी पदमार्गको निमार्णमा जुटेका छन् ।

फेवाताललाई फन्को मार्ने गरी पोखराको लेकसाइडबाट पदमार्गको काम भई रहेको छ । लेकसाइडको जरेबरबाट सुरु हुने पदमार्ग सराङकोट, कास्कीकोट, ढिकुरपोखरी, भदौरेतामागी, पन्चासे, चापाकोट, भुम्दीकोट र पुम्दीहुँदै तालकिनार ड्यामसाइडमा आएर पदमार्ग टुंगिने छ । ७४ किलोमिटर लामो यो पदमार्ग निर्माण भएको ४ वर्ष भई सकेको छ अहिले सम्म २५ किलोमिटर तयार भइसकेको नयाँ पैदलमार्ग निर्माण समितिका अध्यक्ष विष्णुहरि सुवेदीले बताए ।

त्यही पदमार्गमा १४ किलोमिटर साइकल र तीन किलो मिटरमा ह्वलचियर समेत चलाउन मिल्ने गरि निमार्ण भएको सुबेदीले बताए । उनले ३ किलोमिटर खण्ड अपांगता भएका व्यक्तिले ह्वलचियरमा घुम्न सकने गरि तयार भइरहेको बताए । उनले फेवाताललाई केन्द्रविन्दु बनाएर गाउँ पर्यटनको विकासका लागि पदमार्ग निमार्ण गरेको बताए ।

कास्कीकोट पोखरी
कास्कीकोट पोखरी

पोखरा महानगरपालिकाको वडा नम्बर १८ सराङकोटबाट अन्नपूर्ण गाउँपालिकाको नागडाँडासम्म १४ किलोमिटर साइकलमार्ग पदमार्ग सगँ तयार भएको छ । नयाँ पर्यटकीय पैदलमार्ग निर्माण तथा संरक्षण समितिले पदमार्गसँगै साइकलका लागि पनि बाटो निर्माण गरेको हो । सराङकोटबाट ढिकुरपोखरी गाउँको नागडाँडा निस्कने १४ किमि मार्ग नै जिल्लाकै पहिलो साइकलमार्ग भएको साइकल सिटी पोखराका अध्यक्ष प्रकाश वज्राचार्य बताए ।

मोटरबाटोले कत्ति पनि नछुने गरी तयार भएको साइकलमार्ग निर्माणको तरिका सुझाउन पर्यटनबोर्ड, सामुदायिक वन उपभोक्ता महासंघमार्फत अमेरिकी सरकारको वन सेवाका विज्ञ सहजीकरण गरेका छन् । उनले पदमार्गले साइकल मार्गलाई पनि समेटेकोमा खुसी व्यक्त गरे । उनले त्यसको संरक्षण र थप विकासको आवश्यकता रहेको भनाई छ । उनले पोखराको पर्यटनलाई साइकलमार्गले टेवा पु¥याउने विश्वास लिए ।

फेवाताल फेरोमा पदमार्ग
फेवाताल फेरोमा पदमार्ग

गाउँ गाउँ हुदै जंगलै जंगलको बाटो दक्षिणतिर फेवाताल, माझमा जंगल र उत्तरतिर हिमाल देखिने दृश्यले पर्यटकको मनलोभ्याउने निमार्ण समितिका अध्यक्ष सुबेदीले बताए । उनले यो पदमार्गमा प्रसिद्ध बन्ने बताए । मार्ग टिकाउ होस् र भोलि मोटरबाटोले नछोओस् भनेर डाँडा र पाखातिर पदमार्ग बनाएको उनको भनाई छ । प्राकृतिक दृश्यसँग शाहवंशीय राजाहरुको उद्गम थलो कास्कीकोटको पुरानो दरबार, कास्कीकालिका मन्द्रिरको दर्शन पञ्चासे देबीको दर्शन, पुम्दिभुम्दिमा शान्तिस्तुपको दर्शन गर्न पाइने यो पदमार्गका विषेशता हुन् । निमार्ण सकिदा ४ रात ५ दिनको यात्रा हुनेछ । पदमार्गमा सहजीकरण गरिरहेका अमेरिकन विज्ञ ब्रायन मुर्डाेकले सडक र पदमार्गलाई फरक बनाए र लैजानु पर्ने सुझाब दिन्छन् ।

यो पदमार्गमा सराङकोटको मृगस्थलीबाट मनाङदेखि नवलपरासीको देवचुलीसम्मका दृश्य देखिन सकिने स्थानीय बताए छन् । यो कामका लागि पोखरा महानगरपालिका, तत्कालीन जिल्ला विकास समिति र पर्यटन बोर्डले खर्च सहयोग गरेको छ । समुन्द्री सतह देखि १७८५ मिटर उचाईमा कास्कीकोट पर्दछ भने कास्की, पर्वत र स्याङजाको संगमस्थल पञ्चासे २५१७ मिटर उचाईमा रहेको छ । पञ्चासेमा सुनाखरी, लेकसल्लो, लालीगुराँस, लोपोन्मुख वनस्पति, जडीबुटी, विश्वकै लोपोन्मुख वनस्पति सतुवा, छत्रे उन्यू, लोठ सल्ला लगायतका प्रजाति पञ्चासे पाइन्छन् । फेवातालको मुहान हर्पन, खहरे, आँधी र सेती खोलाको उद्गमस्थल पञ्चासेबाट धौलागिरि, माछापुच्छे, अन्नपूर्ण, मनास्लु, गणेश हिमाल लगायतका हिमशृङ्खला देख्न सकिन्छ ।

कमेन्टहरु
Loading...