पोखराको फेवाताल सौन्दर्यीकरण गर्न बैंक र नगरपालिका बिच सम्भौता (यस्तो छ योजना)

पोखरा, २२ भदौ /नेपाल एसबीआई बैंक लिमिटेड र पोखरा उपमहानगरपालिकाबीच फेवातालको सौन्दर्यीकरण तथा सरसफाइ गर्ने समझदारी भएको छ ।

पोखरामा आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट नायब कार्यकारी अधिकृत एवं प्रमुख सञ्चालन अधिकृत विजयकुमार त्यागी र पोखरा उपमहानगरपालिकाका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत ओमराज पौडेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकले फेवातालका बाराही घाट किनारमा हाल निर्माण भएको पदयात्रा मार्गमध्ये एक सयदेखि दुइ सय मिटर क्षेत्र वरिपरि अधिकतम १५ वटा विश्राम स्थल निर्माण गर्ने, बगैंचा तयार पार्ने र हरियाली बनाउने काम गर्नेछ ।

सोही समझदारीअन्तर्गत बैंकले उक्त स्थानमा स्थानीय एवं बाह्य पर्यटकको सुविधालाई ध्यानमा राखी महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय, स्वच्छ पिउने पानी वितरण कक्ष, बैंकिङ टर्मिनल कक्षसमेत निर्माण गर्नेछ ।

हाल बाराही घाटमा निर्मित उद्धार टावरको सौन्दर्यीकरण गर्ने बैंकले जनाएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत उक्त क्रियाकलाप गर्न लागेको जनाएको छ ।fewa lake  buti, bahari gat, lake side (5) fewa lake  buti, bahari gat, lake side (7) fewa lake  buti, bahari gat, lake side (6) fewa lake  buti, bahari gat, lake side (4) fewa lake  buti, bahari gat, lake side (3) fewa lake  buti, bahari gat, lake side (2) fewa lake  buti, bahari gat, lake side (1)

कमेन्टहरु
Loading...