फेवाबाँध मुनीबाट बगेर ३ दिन देखी एक जना बेपत्ता

पोखरा, २५ साउन / फेवातालबाट पातालेछागो जाने खोलामा बगेर एक युवक ३ दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा म्याग्दी जिल्ला मङ्गला गाउँपालिका बरन्जा घर भई हाल पोखरा २९ ठुलोखोर बस्ने वर्ष २४ को विकास भुसाल रहेका छन् ।

उनी तीन दिन देखी बेपत्ता भएको पोखरा २९ प्रगतिटोल टोल विकास समितिका कोषाध्यक्ष वीर बहादुर खत्रीले जानकारी दिए । भुसाल साथीहरुसगै फेवाताल बाधँमुनिको खोलामा साउन २३ गते पौडी खेल्ने क्रममा खोलाले बगाएको थियो ।

उनलाई करिव एक सय मिटरसम्म खोलाले बगाएको प्रत्यक्ष्यदर्शीले देखेका तर त्यसपछिको अवस्था थाहा नभएको खत्रीले बताए । भुसालको खोजी कार्य भैरहेको परिवारिक स्रोतले बताएको छ ।

कमेन्टहरु
Loading...