पोखरा इन्टरनेटको बिल अब ‘इ–सेवा’बाट भुक्तानी गर्न सकिने

पोखरा, २८ कात्तिक /‘पोखरा इन्टरनेट’का सेवाग्राहीले अब ‘इ–सेवा’ मार्फत आफ्नो बिल भुक्तानी गर्न मिल्ने भएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सजिलोको लागि इन्टरनेटबाट बिल भुक्तानी हुने सुविधा ल्याएको जनाएको छ ।

‘हामी हाम्रा ग्राहकहरुप्रति निकै संवेदनशिल छौँ । र, उहाँहरुलाई सुविधा दिने हाम्रो हरसंभव प्रयास जारी छ ।’ पोखरा इन्टरनेटका प्रमुख कार्यकारी अधिकृत सरोज कोईरालाले भने–‘त्यसैले इ–सेवासँगको सहकार्यमा हामीले यो सुविधा थपेका हौँ ।

अब पोखरा इन्टरनेटका ग्राहकहरुले बिल भुक्तानीका लागि कार्यालयसम्म धाईराख्ने बाध्यता टरेको छ ।’ ग्राहकका लागि मंगलबारबाट यो सुविधा संचालनमा आईसकेको छ ।

इ–सेवाको ग्राहक केन्द्र वा आफ्नो व्यक्तिगत एकाउन्टबाट पोखरा इन्टरनेट प्रयोगकर्ताले बिल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुको सजिलोको लागि कम्पनीले अझै थुप्रै सुविधाहरु थप गर्ने प्रमुख कार्यकारी अधिकृत कोईरालाले जनाए ।

पोखरा इन्टरनेट पोखराको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी हो । उसले पोखरासँगै आसपासका जिल्लाहरुमा समेत आफ्नो सेवा विस्तार गरिसकेको छ । कम्पनीले अब चाँडै नै ‘वायरलेस सेट’लाई हटाएर सबैतिर ‘एफटिटीएच’ अर्थात घरघरमा केबुलमार्फत इन्टरनेट पु¥याउने लक्ष्य लिएको छ ।

पोखरा इन्टरनेटले पोखरा र आसपासमा एउटै तारबाट इन्टरनेट र टेलिभिजन हेर्ने सुविधा पनि केहि समय अगाडि ल्याएको थियो । यसो गर्दा ग्राहकले उच्च गतिको इन्टरनेटसँगै ‘हाइ डेफिनिशन’मा ‘क्लियर टिभी’ हेर्न पाउँछन् । यो प्रविधिबाट ग्राहकहरु निकै लाभान्वित भएको उसको दाबी छ ।

कमेन्टहरु
Loading...