कास्कीको घाचोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

पोखरा, १७ पुस / पोखरामा बिहीबार राति भूकम्पको धक्का महशुस भएको छ ।

राति ९ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । कास्कीको घाचोक केन्द्रविन्दु भएर ३.८ म्याग्नेच्यूटको भूकम्प धक्का गएको रष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

करिब ५ सेकेण्ड लामो भूकम्प यो नयाँ भूकम्प नभई २०७२ साल बैशाख १२ गते गएको भूकम्प कै पराकम्पन हुन सक्ने बताएको छ ।

भूकम्प गएपछि मानिसहरु त्रासमा परेका छन् । सुतिरहेका उठेका थिए भने नसुतेकाहरु हतारीदै घर बाहिर निस्केका थिए ।

कमेन्टहरु
Loading...