धम्पुस महोत्सवमा लोकदोहोरी गायक प्रजापति पराजुली सम्मानित

पोखरा, ७ बैशाख / पर्यटकीय गाउँ धम्पुसमा जारी गन्तब्य धम्पुस महोत्सवमा वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली सम्मानित भएका छन् । लोकदोहोरीको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याएको भन्दै आयोजक लाली गुराँस युवा क्लवले पराजुलीलाई दोसल्ला र मायाको चिनोद्धारा सम्मान गरेको हो । बिहीबार आयोजित कार्यक्रममा चार नम्बर प्रदेशका प्रदेश सभा सदस्य इन्द्रधारा बिष्ट, लाली गुराँस युवा क्लवका अध्यक्ष आसिम गुरुङ लगायतले पराजुलीलाई सम्मान गरेका थिए ।

यसैविच महोत्सवमा बिहीबार पुरुष भलिवल तर्फ ४ खेल सम्पन्न भएका छन । बिहीबार सम्पन्न पहिलो खेलमा माछापुच्छ«े ६ लाई अन्नपूर्ण ९ ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो भने दोश्रो खेलमा पर्वत चित्रेको अनपस्थितीमा बाग्लुङ गलकोटले वाक ओभर मार्फत अघिल्लो चरणमा प्रवेश पायो । तेश्रो खेलमा माछापुच्छ«े ९ ले छोमु्रङको अनुपस्थितीमा वाकओभर मार्फत अघिल्लो चरणमा प्रवेश गर्न सफल भयोभने चौथो खेलमा पञ्चासे आदर्श क्लवलाई हराउदै ताराखोला गाउपालिका बाग्लुङ अघिल्लो चरणमा प्रवेश गर्न सफल भयोभने अन्तिम खेल माछापुच्छ«े १ र २ बीचको खेल खराव मौसमका कारण रद्ध हुन पुग्यो ।

महोत्सवकै अवसरमा आयोजित लोकदोहोरी प्रतियोगितामा बिहीबार ३ खेल सम्पन्न भएका छन । लोकदोहोरी तर्फको पहिलो खेलमा निरमाया दोहोरी सांझले दौतरी दोहोरी सांझलाई हराउदै क्वाटर फाइनलमा प्रवेश गर्न सफल भयो । दोश्रो खेलमा शिखर दोहोरी सांझले बिन्दबासिनीलाई पराजित ग¥योभने अन्तिममा स्याङजा दोहोरी गीत प्रतिष्ठानले नेत्रनारायण पराजुलीको समुहलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश ग¥यो ।

महोत्सवमा बिहीबार लोकदोहोरी तर्फ शर्मिला गुरुङ, पार्वती जिसी, शिवहरी ढुंगाना, जीवनदाहाल, तारापति सुवेदी, शंकर बिरही गुरुङ, श्रीराम अधिकारी, रमा राना, सुरेन्द्र गुरुङ र दिपक थापाको विशेष प्रस्तुती रहेको थियो ।

कमेन्टहरु
Loading...