पोखरा, ९ साउन /पोखरा १७ डेभिजफल्स र फुस्रेखोलाको दोभानको खोल्सामा माछा मार्न गएका एक किशोरको ४ दिनपछि सकुशल उद्धार गरिएको छ ।
चार दिन पहिला माछा मार्न गएका १६ वर्षीय अञ्जन सुनार खोल्सामा खसेका थिए ।
खोल्सामा खसेका उनको बिहीबार सशस्त्र प्रहरी गण पोखरामा कार्यरत प्रहरी उपरीक्षक राजेन्द्र विष्टको टोलीले उद्धार गरेको हो ।
अञ्जनको अहिले पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।