ढिकुरपोखरी तीज गीतमा बाराही मावि प्रथम

अन्नपूर्ण, २८ भदौं/ ढिकुरपोखरीमा जारी तीजमेला अन्र्तगत बुधवार सम्पन्न खुल्ला तीजगीत प्रतियोगितामा

बाराही माविको समूह प्रथम भएको छ । ‘स्थानिय निकाय र महिला नेतृत्व’ विषयक उक्त प्रतियोगितामा

सांस्कृतिक आमा समूह द्वितीय र शुभविहानी आमा समूह तृतीय भए । प्रथम, द्वितीय र तृतीय भएसँगै ति

समूहले क्रमश नगद रु. २० हजार, रु. १५ हजार तथा रु. १० हजार साथमा प्रमाणपत्र पुरस्कार पाएका छन ।उक्त

प्रतियोेगितामा जनहित महिला समूह उत्कृष्ठ भेषभुषा तथा युवा आवाज नेपालको समूह उत्कृष्ठ नृत्यबाट

पुरस्कृत भएका छन ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले हरीतालिका तीजका राम्रा पक्षहरुको अनुशरण

गर्नुपर्नेमा जोड दिदै नराम्रा पक्षहरुमा सुधार गर्नुपर्ने बताइन ।उपाध्यक्ष गुरुङले संस्कृतिको नाममा विकृतिलाई

प्रश्रय दिन नहुने पनि औँल्याएकी थिइन ।सो अवसरमा वडा सदस्य कमला केसी, गाउँपालिकाका पशुपन्छी

शाखा प्रमुख गोमा श्रेष्ठ साथै युवा संजालका महासचिव दिल जिसीले पनि भनाई राखेका थिए । उक्त

प्रतियोगितामा गोविन्द अधिकारी, किरण अधिकारी, अम्बिका भण्डारी र राजेन्द्र पोखरेलले आ–आफ्ना प्रस्तुति

राखेका थिए ।

कलाकार टेक क्षेत्री, अम्विका भण्डारी र मेलिना सुवेदी रहेको निर्णयक मण्डलले प्रतियोगिताको निर्णय गरेको

थियो । तीजगीत संयोजक मीना भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संजालका कोषाध्यक्ष

प्रकाश गुरुङले स्वागत तथा कार्यक्रमको संचालन संजालका सदस्य संदिप भण्डारी तथा सम्झना विकले संयुक्त

रुपमा गरेका थिए ।

कमेन्टहरु
Loading...