ढोर बाराहीले बेरोजगार महिलालाई रोजगार दिने

पोखरा, २४ माघ/पोखराको लेकसाईडमा रहेको ढोरबाराही दिदिबहिनी समितीले बिपन्न तथा बेरोजगार महिलालाई लक्षीत गरि रोजगारमुलक सिपमा लगाउने भएको छ । पर्यटकिय क्षेत्र लेकसाईडमा घरेलु तथा सिपमुलक क्षेत्रमा लगानी गरेर महिलालाई स्वयं आत्मर्निभर बनाउन सके महिला हिंसा पनि कम हुने भन्दै समीतीले उक्त र्निणर्य गरेको हो ।समितिको आठौ साधारण सभा तथा तेस्रो अबिधेशनको अबसरमा सचिब ईन्दीरा बरालले प्रतिबेदन प्रस्तुत गदै लेकसाईड क्षेत्रको सरसफाई मा पनि केन्द्रीत हुने निति पास गरिएको छ । तनहुको ढोरबाराही मन्द्रीर परिसरमा आयोजना गरिएको साधारण सभा तथा अबिधेशनको उदघाटन सत्रमा समाजसेबि रेबता पहारीले महिलाहरुमा राजनितिक चेतनाको आबस्यकता भएपनि सामाजिक संस्थामा बढ्दो राजनितिले गर्दा सोचेजस्तो काम हुन नसकेको बताईन ।

बिज्ञानको आबिस्कारलाई गलत ढंगले प्रयोग गर्दा महिलाहरुको गर्भ नै चिहानमा परिणत हुने गरेको उनको भनाई थियो । लिङ्ग पहिचान गरि महिलालाई गर्भमा नै हत्या गर्ने गरिएकोले महिला जन्मनु नै पहिलो मुक्ति प्राप्त गर्नु जस्तै भएकोमा दुःख ब्यक्त गरिन । कार्यक्रममा सामुदायिक सेवा केन्द्र बैदामकी अध्यक्ष पम्फा पहारीले सबै आमा समुह तथा महिलाहरुको सस्थाहरु बिच समन्वय समिति बनाएर काम गर्दा उपयुक्त हुने बताईन । त्यस्तै जगदम्बा आमा समुह बैदामकी अध्यक्ष चन्द्रकला अधिकारी,जरेबर उज्वल दिदिबहिनी समुहकी अध्यक्ष दुर्गा तिमल्सीना, लाईन्स क्बल डिस्ट्रीक चियर्स पर्सन दुर्गा ढकाल , लेकसाईड युवा क्लबका अध्यक्ष तेज नारायण पराजुली लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा सस्थाकी कोषध्यक्ष शान्ति अधिकारीले आर्थिक प्रतिबेदन पेश गरेकी थिईन । त्यसै गरि आजै भएको अधिबेशनले कौशीला पहारीको नेतृत्वमा दुई सदस्य पछि थप गर्ने गरि १७ सदस्यिए नयाँ कार्यसमिती पनि चयन गरेको छ । नवगठीत समितिको उपाध्यक्षमा गिता पहारी, द्धितिय उपाध्यक्षमा सत्यदेबि आचार्य, महासचिबमा ईन्दिरा सापकोटा,सचिबमा उमा भण्डारी, सहसचिबमा शिबु सुबेदी,कोषाध्यक्षमा शान्ति अधिकारी , सह कोषाध्क्षमा मेनका अधिकारी चयन भएका छन ।त्यस्तै सदस्यहरुमा संझना पौडेल, पार्बती बोगटी,राधिका कडेल, बिस्नु पहारी (क) बिस्नु पहारी (ख) बन्दना पहारी, पुर्णा कार्की चयन भएका छ ।

कमेन्टहरु
Loading...