धर्म परिवर्तन गराउदै हिड्ने ३ जना पोखराबाट पक्राउ

पोखरा, ८ साउन / पोखराका विभिन्न ठाउँमबाट प्रलोभन देखाएर धर्म परिवर्तन गराउँदै हिँड्ने ३ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट बाईबल तथा क्रिश्चियन धर्मसँग सम्बन्धित प्रचार सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा पासपोर्ट नं. टी के ५१५३२४१ का जापान नागरिक ३७ वर्षीय जिरो सेकिया र जापानकै पासपोर्ट नं. टी के ५१५३२४२ का रेइको सेकियालाई पोखरा ७ रत्नचोकबाट पक्राउ गरिएको हो ।

यस अगाडी सोमबार पासपोर्ट नं. एम ३७४३६२०५ भएका कोरियन नागरिक ७३ वर्षीय चो युसांगलाई पोखरा ६ बाराहिचोकबाट नियन्त्रणमा लिइएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...