डेभिजफलटोल विकासको अध्यक्षमा पौडेल

पोखरा , २६ चैत्र /डेभिजफल टोल विकास संस्था पोखरा–१७, डेभिजफलको ८ औं अधिवेशन तथा साधारणसभाले नारायण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरी शनिबार सम्पन्न भएको छ ।समितिको बरिष्ठ उपाध्यक्षमा प्रविण पौडेल, उपाध्यक्षमा राधिका पहारी, सचिवमा प्रकाश सुवेदी, सह–सचिवमा देवी चपाई, कोषाध्यक्षमा कृष्णबहादुर मल्ल र सदस्यहरुमा सुवेदार भिम बहादुर क्षेत्री, जगन्नाथ घिमिरे, कमला पौडेल, तेज प्रसाद ढकाल, ईन्दिरा आचार्य र सुर्य प्रसाद कोईराला चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालीका वडा नं. १७ का वडाअध्यक्ष एवम् समाज सेवी तिर्थराज अधिकारीले उद्घाटन गरेका थिए भने छोरेपाटन मा.विका अध्यक्ष एवम् समाजसेवी ब्यक्तित्व झपिन्द्रराज रेग्मी, गुप्तेश्वर महादेव गुफाब्यवस्थापन समितिका अध्यक्ष एवम् धार्मिक ब्यक्तित्व विष्णु प्रसाद पौडेल, डेभिजफल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजन अधिकारी, संस्थाका नि. वर्तमान कार्यवाहक अध्यक्ष तथा डेभिजफल क्लबका अध्यक्ष गोपाल बराल, सल्लाहकार तथा पुर्व अध्यक्ष लेखनाथ बराल, सल्लाहकार तथा समाज सेवी क्या. खड्ग बहादुर शाही, संस्थापक अध्यक्ष एवम् सल्लाहकार लक्ष्मणबाँस्तोला, टोलवासिको तर्फबाट प्रविण पौडेल, गुप्तेश्वर महिला जागरण समाजका अध्यक्ष देवी बराललगायतले वोलेका थिए ।

सो अवसरमा सस्थाको कार्य प्रगति एवम् भावि योजना सचिव प्रकाश सुवेदीले, संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्णबहादुर मल्लले प्रस्तुत गरेका थिए ।लक्ष्मण बाँस्तोलाको संयोजकत्वमा बालकृष्ण सुवेदी र लेखनाथ बराल (गोपी) सदस्य रहेको तिन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।संस्थाकी अध्यक्ष रंगिला आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष नारायण पौडेलले र कार्यक्रम संचालन सचिव प्रकाश सुवेदीले गरेका थिए ।

कमेन्टहरु
Loading...