विमानस्थलको कारण घरबार र जग्गा सिंचाई बिहिन हुन हुन्न- सभापति कोइराला

पोखरा, ५ माघ / पोखरामा निर्माणधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको कारण कोही पनि घरबार र जग्गा सिंचाई विहिन हुन नहुने सांसद दीपक कोइरालाले बताएका छन् ।

गण्डकी प्रदेश सभाको पाँचौ अधिवेशनको तेस्रो बैठकको विशेष समयमा बोल्दै कोइरालाले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल देशकै गौरवको आयोजना भएको तर यस आयोजनाबाट स्थानीयहरु विस्थापित हुने अबस्थालाई पनि सरकारले विशेष ख्याल गर्नुपर्ने बताए ।

विमानस्थलकै कारण त्यस क्षेत्रमा ६ हजार रोपनी खेती योग्य जग्गामा सिंचाई अनिश्चित भएकोले सभामुख मार्फत प्रदेश सरकारको ध्यान आर्कषण गराए ।

कोइरालाले विमानस्थलको लागि जग्गा आबश्यक भए अधिकरण गर्नु तर मुआब्जा दिदा अन्य ठाउँमा जग्गा सहित घर बनाउन पुग्ने मुआब्जा दिनुपर्ने बताए । त्यहाँ दिएको मुआब्जाले कमसे कम छिमेकमै किन्न पुग्ने मुआब्जा आबश्यक हुने उनको भनाई छ ।

कोइरालाले रोजगारीको लागि पनि पोखरा १४ बासी र विशेष गरि जग्गा दाताहरुलाई प्राथामिकता दिनुपर्ने माग गरे । त्यस क्षेत्रमा पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सरोकार समिति बनाएर विभिन्न माग राखेर आन्दोलन पनि हुदै आएकोले समस्या सम्बोधनको लागि प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने माग छ ।

कमेन्टहरु
Loading...