दाह्री कपाल काटेको रकम बढ्यो ः नाई संघ

पोखरा, ४ फागुन । नेपाल नाई संघ जिल्ला कार्यसमिति कास्कीद्वारा नाई व्यवसायीलाई सेवामा दररेट परिवर्तन भएको उल्लेख गरिएको छ । नाई संघ जिल्ला अध्यक्ष विगुलाल ठाकुरको अध्यक्षतामा वसेको वैठकले विगत लामो समयदेखि नबढेको कपाल काट्ने शुल्कमा परिवर्तन भएको निर्णय भएको जानकारी दिए ।

छैटौं अधिवेशन २०६८ पुसबाट पारित भईसकेको समयानुकुल दररेटलाई मंगलबारको वैठकले बृद्धिगरि बुधबारबाट लागु गरिने नाई संघका सचिव आदेशप्रसाद ठाकुरले जानकारी दिए । कास्की जिल्लामा रहेको करिव १ सय ५० सैलुनमा कपाल काट्दा रु ७० लाग्ने विज्ञप्तिमा जनाएको छ ।

बढ्दो महंगी, सैलुनमा प्रयोगहुने औजार तथा सामग्रीको मुल्य बृद्धि, मजदुरको सेवा सुविधामा बृद्धि लगायतलाई ध्यान दिँदै दररेटमा परिवर्तन गरिएको नाई संघ लेखनाथका प्रतिनिधि आनन्द ठाकुरले जानकारी दिए । हरेक २÷२ वर्षमा बृद्धि गरिनुपर्ने रकमलाई नेपाल नाई संघ केन्द्रीय समितिको ढिलासुस्ती र महाधिवेशन प्रक्रिया अगाडि नबढ्दा देश भरका नाईहरुले समस्या भोग्दै आएका छन् ।

नाई संघ कास्कीले दाह्री काटेको ५० रुपैयाँ लिने बताउँदै होम सर्भिसमा प्रति व्यक्ति २ सय ५०का दरले लिन समेत नाई पेशाकर्मीलाई अनुरोध गरिएको छ । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको सभाहलमा सम्पन्न बैठकमा नाई संघले उपभोक्तालाई दिनुपर्ने सेवा सुविधामा कञ्जुस्याई नगर्न व्यवसायीलाई आग्रह समेत गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै मेसिनले कपाल काटेको रु ८०, टाउको मसाज गरेको रु १ सय, लेडिज कपाल काटेको एक सय रुपैयाँ लिन व्यवसायीलाई अनुरोध गरिएको संघका सहसचिव धु्रर्व ठाकुरले जानकारी दिएका छन् । नाई संघ कास्कीले आफ्ना मजदुरलाई तालिम, महिनाको १ दिन विदा, भ्रमण तथा अवलोकन, व्यवसाय जन्य सुरक्षाको तालिम गराउँदै आएको छ । विज्ञप्तिमा कास्की जिल्लामा कपाल काट्ने दररेट बृद्धि हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमा समेत मागेको छ ।

कमेन्टहरु
Loading...