डेनिस राजदूतद्वारा पश्चिमाञ्चल क्षेत्रको मानवअधिकारको अवस्थाबारे छलफल

पोखरा, १४ असोज/डेनिस राजदूत किस्टन गिलानले पश्चिमाञ्चल क्षेत्रको मानवअधिकारको अवस्थाबारे पोखराका मानव अधिकारकर्मीहरुसँग असोज १४ गते छलफल गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीयकार्यालय पोखरामाभएको उक्त छलफल कार्यक्रममा पोखराका मानव अधिकारकर्मी, नागरिक समाजका सहभागीता रहेको थियो ।राष्ट्रिय मानवअधिकार आयोग पोखराकानिर्देशक यज्ञप्रसादअधिकारीले पश्चिमाञ्चल क्षेत्रको मानवअधिकारको अवस्थाबारेमाजानकारी गराउदै हिमाली र पहाडी जिल्लाको तुलनामातराई क्षेत्रमा सशस्त्र समूहको गतिविधिकाकारण बेपत्ता, अपहरण, हत्या जस्ता घटना बढेको, दुर्गम क्षेत्रमाखाद्यान्नअभाव, हुने गरेको, बालमैत्रीवातावरण पालनाहुननसकेको र मानवअधिकार रक्षकहरु नै असुरक्षितभएको बताए ।danisइन्सेक) पश्चिमाञ्चल क्षेत्रीय संयोजकशिवखकुरेलले सन् २०१३ को जनवरीदेखि जूनसम्मको अवधीमा २ सय २५ ओटा मानवअधिकार उल्लंघनका घटना इन्सेकले अभिलेखीकरण गरेको उल्लेख गर्दै मुलुकमा बढ्दै गएको दण्डहीनता, अस्थीर राजनीतिकव्यवस्था, संक्रमणकाल, विधिको शासनको अभावले गर्दा मानवअधिकारको अवस्थाकमजोर रहेको बताए । पश्चिमाञ्चलमानवअधिकार रक्षक सञ्जालका संयोजक रामप्रसादघिमिरेले राजनीतिकदल, तिनकाभातृ संगठन र मानवअधिकार उल्लंघनकर्ताबाट मानवअधिकार रक्षकलाई, धम्की र असुरक्षाहुने गरेको बताए ।

डेनिस राजदूत किस्टनगिलानले मानवअधिकारको संरक्षण र सम्वद्र्धनको लागि स्थानीय स्तरमापश्चिमाञ्चल क्षेत्रमाभएको प्रयासप्रति प्रसंसा गर्दै मानवअधिकार र सुशासनको क्षेत्रमा डेनिस राजदूतावास र सरकारबाट नियमित रुपमा सहयोग गर्ने बताईन् । उनले मानवअधिकार रक्षकको संरक्षण र सुरक्षाप्रतिदूतावासले सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्तगरिन् ।

कमेन्टहरु
Loading...