इन्डोनेसियामा भेट, पोखरामा जम्का भेट, हिलारीको बाटोमा जोडी साइकल यात्री

पोखरा, १ जेठ /पोखराको डेमसाइडमा रहेको पर्यटन बोर्डका कार्यालय तर्फ एक जोडी विदेशी साइकलमा सरर आउदै थिए । पर्यटन बोडको ढोकाबाट बाहिर आउनदै गरेका एक विदेशी पर्यटक तीनै जोडी पर्यटक तर्फ लागे । साइकलमा आउदै गरेका पर्यटकले पहिले त चिनेनन् । पछि इटलीमा भेट भएको सम्झाए । त्यस पछि तीन जना ले अंकमाल गरे । इटलीमा भेट भएको थियो अहिले पोखरामा जम्का भेट भयो ।

साइकल चढेर आउनेहरु एड्मन्ड हिलारीको पदचाप पछ्याउँदै न्युजिल्यान्डका एक जोडी बेलायतको लन्डनबाट साइकल यात्रा गर्दै पोखरा आइपुगेको हुन् । नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका हिलारीले सन् १९५३ को मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको आरोहण गरेका थिए। हिलारी र शेर्पाले एकैसाथ सगरमाथाको सफल आरोहण गरेपछि न्युजिल्यान्ड र नेपालबीच नागरिक स्तरमा सम्बन्ध बलियो बनेको थियो।

हिलारीका कारण नेपालबारे थाहा पाएका न्युजिल्यान्डका ३२ वर्षीय टान वेल्टन र २८ वर्षीया अन्नेके लिफ्टिङ दम्पतीले साइकलमा १३ हजार किलोमिटर पार गरी पोखरा आइपुगेका हुन्। सन् २०१७ को मे ३० मा बेलायतको लन्डनबाट साइकल यात्रा सुरु गरी वेल्टन जोडी १८ देशको यात्रा गर्दै १२ महिनामा नेपाल आइपुगेको हो।

हिलारीले नेपाली नागरिकसँग विश्वमै पहिलो पटक विश्वको उच्च हिमाल चढेर इतिहास रचेकोले साइकल यात्रा गर्दै हिमालै हिमालको देश आएको वेल्टनले सुनाए। साइकलमै विश्वका २७ देशको यात्रा गर्ने लक्ष्यसहित हिँडेको यो जोडी ६ वर्ष पहिले कामको सिलसिलामा न्युजिल्यान्डबाट लन्डन पुगेको थियो।

साइकलमा २७ देशको यात्रा गरी आफ्नो देश फर्कने निर्णय गरी यो अभियानका क्रममा नेपाल आइपुगेको वेल्टनले बताए। साइकलमा यति लामो यात्रा गर्ने सोच भने साइकलयात्री साथीहरूबाट प्रभावित भएको अन्नेकेले बताइन्। यो जोडीले अन्य देशमा भन्दा न्यायो स्वागत, सत्कार र आत्मीयता पाएको सुनायो। ‘नेपालीको विनम्रता र सहयोगी स्वभावले हामी दंग भएको यी दुईले बताए। यो जोडी २ हप्तादेखि नेपालमा छ। ‘साइकल यात्राका क्रममा घना वनजंगल र आदिवासी गाउँमा बस्दा अद्भुत अनुभव मिल्यो,’ उनीहरूले भने।

साइकलयात्री यो जोडी अन्नपूर्ण आधारशिवीरको पदयात्रामा समेत गएको छ। पदयात्राका लागि प्रवेश अनुमतिपत्र बनाउने क्रममा यो जोडीले पोखरामा पहिले साइकल यात्राका क्रममा इन्डोनेसियामा भेटिएका अस्ट्रियाका नागरिक डानीयललाई समेत भेटभएको थियो । डानियलले भने, ‘न्युजिल्यान्डका साइकलयात्रीलाई नेपालमा फेरि भेट्दा खुसी छु ।,

कमेन्टहरु
Loading...