प्राविधिक शिक्षा बारे जानकारी दिन पोखरामा करियर फेयर हुने

श्याम राना
पोखरा, ७ असार /प्राविधीक शिक्षाको महत्व, रोजगारी र सम्भावनाका बारेमा सुचना दिने उद्देश्यले पोखरामा असार दोस्रो साता टिभिइटि करियर फेयर हुने भएको छ । प्राविधिक शिक्षा तथा तालिम परिषद् सुचना तथा अनुसंधान महाशाखा सक्षमता परियोजना तथा पोखरा प्राविधीक शिक्षालयको संयुक्त आयोजनामा असार १५ र १६ गते मेला हुन लागेको हो ।

कोरा शिक्षाले मात्रै केहि गर्न नसकिने हुदाँ प्राविधिक शिक्षा दिन मेलाको आयोजना गर्न लिगएको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पोखरा प्राविधिक शिक्षालयका प्रमुख जीवन भण्डारीले बताए । ‘प्राविधीक शिक्षाले व्यवहारीक बन्न सिकाउँछ ।’ उनले भने ‘नेपालमै पहिलो पटक ३ किसिमका युवालाई लक्ष्त गरेर प्राविधीक शिक्षा मेला सञ्चालन गर्न लागेका हौ ।’

एकेडेमिक तबरबाट उच्च शिक्षामा माथि जान नसक्नेका विद्यार्थी लागि पनि विभिन्न प्याकेज ल्याउन उनले बताए । उनले भने, ‘टि एसएलसि कोर्ष अन्तर्गत ३ वर्षे, १८ महिने र ३ महिने कोर्ष सञ्चालनमा ल्याएका छौ ।’ एसइसि पास गरेका विद्यार्थीलाई सिएमए, अनमि, सबओभरसियर र ल्याब लगायतका कोर्ष रहेका छन् । उनले भने, ‘उनीहरुलाई डिप्लोमा लेभलको सर्टिफिकेट दिइन्छ ।’ उनले टिएसएलसि पढ्न अङ्ग्रेजी, गणित र विज्ञान बिषयमा सि ग्रेड ल्याउलु पर्ने बताए ।

पिटिटिआरसि (पोखरा टेक्निकल इन्सिटिच्युट)का अध्यक्ष माधव प्रसाद थपलियाले राम्रो सिप भएका दक्ष कामदारका विदेशमा समेत माग रहेको बताए । मेलामा कास्की सहित बाग्लुङ, मुस्ताङ, पर्वत तनहुँ, स्याङजा लागएतका जिल्लाबाट करिब १० हजारले सहभागीता जनाउने आयोजकको अनुमान छ ।

कमेन्टहरु
Loading...