कास्कीको सिक्लेसमा गाईगोठ आगलागी हुदाँ १८ गाई गोठमै मरे

पोखरा, १२ कार्तिक/ मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १८ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो बनाउन गोठ नजीकै आगो बालेर गुरुङ गाउँतिर निस्कँदा हावाहुरीले आगो फैली गोठमा आगलागी हुँदा गाई मरेको मादी –१ का अध्यक्ष सुरजकुमार गुरुङले जानकारी दिए । गोठमा ३४ गाई थिए ।

कमेन्टहरु
Loading...