पोखरामा ¥यापिड टेष्टमा पोजेटिभ, पिसिआरमा नेगेटिभ

पोखरा, ४ वैशाख/ पोखरा महानगरपालिका वडा नम्बर १२ की ५५ वर्षीया महिलाको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटले परीक्षण कोरोना पोजिटिभ आयो । बुधबार नै उनको स्वाब लिएर पिसिआरबाट परीक्षण गर्दा नेगेटिभ आएको छ ।

२७ दिन पहिले दुबईबाट पोखरा आएकी ढिकालेथरकी महिलाको रगतको नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट थियो । उनको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनी दुबईमा छोरालाई भेटेर चैत ८ मा नेपाल फर्किएकी थिइन्।

त्यसै गरि गण्डकी प्रदेशमा मंगलबार ¥यापिड टेष्टका क्रममा तीन जनामा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो । कास्की, बागलुङ र गोरखाका एक/एक जनामा ¥यापिड टेष्टमा पोजेटिभ देखिए पछि उनीहरुको पिसिआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ आएको निर्देशनालयले जानकारी दिएको छ । स्वाबको बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा परीक्षण भएको थियो ।

गण्डकी प्रदेशका १० जिल्लामा विदेशबाट आएकाहरुको ¥यापिड टेष्ट भईरहेको छ । बुधबार सम्म ३ हजार १ सय ७ जनाको परीक्षण भएको छ । संघीय सरकारले पठाएको ५ हजार किट मार्फत गण्डकी प्रदेशका जिल्लाहरुमा कोरोना परीक्षणको भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । गण्डकीका मनाङ जिल्ला बाहेका सबै जिल्लामा परीक्षण भएको छ ।

चैतभित्र विदेशबाट आएका उनीहरुका नजिक रहेमा संक्रमण भए नभएको पत्ता लगाउन तिव्र परीक्षणको लागि किटको प्रयोग गरिएको हो । गण्डकीमा अहिलेसम्म देखिएका २ जना कोरोना संक्रमण देखिए पछि उपचार भइरहेको छ । उनीहरु दुबै बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा छन् ।

कमेन्टहरु
Loading...