पोखरा १९ मा १८ जनाको आरडिटि टेष्ट, सबै नेगेटिभ

पोखरा, ६ वैशाख / पोखरा महानगरपालिका वडा नम्बर १९ मा शुक्रबार १८ जनाको कोरोनाको ¥यापिड डायनोस्टिक टेस्ट (आरडीटी) गरिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोगमा पोखरा १९ को व्यबस्थापनमा नव आदर्श सामुदायिक विकास समाजको भवनमा शुक्रबार चैत महिना देखि पोखरा आएकाहरु मध्य ३ महिला सहित १८ जनाको कोरोना भाइरसको परिक्षण विधि आरडीटी टेष्ट गरिएको वडा अध्यक्ष शोभामोहन पौडेलले बताए ।

उक्त परिक्षणबाट सवै जनाको नेगेटिभ नतिजा आएको उनले जनाए । यस अघि पोखरा १९ ले पोखरा १६ संगको सहकार्यमा केही व्यक्तिको आरडीटी टेष्ट गरेको थियो । शुक्रबार भएको आरडीटी टेष्ट गर्ने मध्य पोखरा १९ का ११ जना, पोखरा १६ का ६ जना र पोखरा २५ का एक जनाको उक्त टेष्ट गरिएको हो । पोखरा १९ मा हालसम्म ४१ जनाको आरडीटी टेष्ट गर्दा सवैमा नेगेटिभ नतिजा आएको अध्यक्ष पौडेलले बताए ।

पोखरा १९ मा पहिलो चरणमा ८ सय ५७ जनालाई राहत वितरण गरिएको अध्यक्ष पौडेलले जनाए । दोश्रो चरणमा पुनः ५ सयको हाराहारीमा राहत सामाग्रि वितरण गर्नुपर्ने अबस्था रहेको उनले जनाए ।
यसैबिच, गण्डकी प्रदेश सांसद रामजी बराल (जिवन) ले ज्यालादारी मजदुरहरु धेरै ठाउँमा समस्यामा रहेकोले उनीहरुको राम्रो रेखदेख स्थानिय तहले गर्नुपर्र्नेे बताए ।

पोखरा १९ को राहत वितरण तथा कोरोना भाइरस सम्बन्धि रोकथामको लागि के कस्तो काम कारवाही भएको छ भनी शुक्रबार अवलोकन गर्दै पोखरा १९ मा कुनै मजदुरहरु खाननपाएर बस्नुपर्ने अबस्था नराख्न वडा अध्यक्ष पौडेललाई आग्रह गरे । मजदुहरुलाई उचित राहत पनि नदिने अनि आफ्नो गन्तव्य जान अबरोध गर्न पनि नहुने उनले जनाए । उनीहरुलाई कोरोना भाइरस सम्बन्धि सजग हुदै व्यबस्थापन गर्नुपर्ने सांसद बरालको जोड थियो ।

कमेन्टहरु
Loading...