पोखराका कोरोना संक्रमित चितवन, भारत र कुवेतबाट फर्किएका

पोखरा, ९ असार / पोखरामा मंगलबार कोरोना संक्रमित पुष्टि भएका मध्ये ७ जना चितवन भारत र कुवेतबाट फर्किएका रहेका छन् ।

अन्य ४ जनाको भने विवरण खुलेको छैन । सात जना मध्ये ३ जना महिला कुवेतबाट, ३ जना पुरुष भारतबाट र एक जना महिला चितवनबाट पोखरा आएका थिए । उनीहरु सबै क्वारेन्टिनमा नै थिए ।

मंगलबार थपिनेमा पोखरा महानगरपालिका वडा नम्बर ३३ का ३ जना, वडा नम्बर ३२, २६, १३ र १४ का १/१ जना छन् । उनीहरु सबै पोखरा महानगरपालिकाको क्वारेन्टिइनमा बसेका छन् ।

वडा नम्बर ३२, २६, १३ का महिलामा कोरोना पुष्टि भएको हो । संक्रमित सबैलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लगिएको छ ।

पोखरा, काठमाडौं र भरतपुरमा गरिएको स्वाब परीक्षणमा गण्डकी प्रदेशमा १ सय ८ जनामा मंगलबार कोरोना देखिएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीमा थपिएका ७ जना कोरोना संक्रमितको ठेगाना सहित :
1. पाे मा न पा ३२ खुदिखाेला बर्ष ५४ महिला
2. वर्ष २२ काे पाे मा न पा ३३ बागमारा पुरुष
3. वर्ष ४० पाे मा न पा ३३ छोप्लाङ्ग पुरुष
4. वर्ष २२ कि अन्नपुर्ण गा पा घान्द्रुक महिला
5. वर्ष २२ काे पाे मा न पा ३३ बागमारा पुरुष
6. वर्ष २७ कि पाे मा न पा १३ काहुखाेला महिला
7. पाे मा न पा २६ लेखनाथकी ३४ वर्ष महिला
8. वर्ष २५ काे पाे मा न पा १४ चाउथे बस्ने पुरुष भने बारा जिल्ला घर भएका हाल पोखरा शिव शक्ति माविको क्वारेन्टाइनमा बस्दै आएका हुन् ।

 

कमेन्टहरु
Loading...