कोरोना संक्रमण र नियन्त्रण गर्न उपप्रमुखको संयोजकत्वमा समिति

पोखरा, ११ चैत / कोरोना संक्रमण रोकथाम र नियन्त्रणका पोखरा महानगरपालिकाले उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा समिति गठन गरेको छ । महानगर प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा मंगलबार विहान बसेको बैठकले समिति गठन गरेको हो ।

समितिको सदस्यमा वडा नम्वर १९ का अध्यक्ष शोभामोहन पौडेल, वडा नम्वर ९ का अध्यक्ष रामराज लामिछाने, वडा नम्वर २६ का अध्यक्ष चेतबादुर गुरुङ, वडा नम्वर १३ अध्यक्ष दर्शन लामा, वडा नम्वर ६ का अध्यक्ष जगत पहारी, महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, मोहन बास्तोला र सदस्य सचिवमा अधिकृत किरण कोइरालालाई चयन गरिएको छ ।

त्यस्तै बैठकले पोखरा महागनरले क्वारेनटाइन बनाउने निर्णय गरेको छ । क्वरेन्टाइन व्यवस्थापनका लागि पोखरा महागनरपालिका वडा नम्वर १९ का अध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा अर्को समिति गठन गरेको छ । समितिले क्वरेन्टाइनका लागि आवश्यक सामाग्रीको ब्यवस्थापन गर्ने छ । समितिको सदस्यहरुमा लक्ष्मीप्रसाद पौडैल, भरतराज पौडेल, फुलदेव तिमिल्सेना, अर्जुनबादुर खत्री क्षेत्री रहेका छन् ।

कमेन्टहरु
Loading...