गण्डकी प्रदेशबाट कोरोना (कोभिड–१९) का ११० परीक्षण, २ पोजेटिभ, १०४ नेगेटिभ

पोखरा, २५ चैत /गण्डकी प्रदेशबाट कोरोना भाइरस (कोभिड–१९) का ११० जनाको नमुना संकलन गरेर परीक्षण गरेको छ । अहिले सम्म ११० नमुना संकलन गरी परीक्षण गरेका मध्ये ४ वटाको रिर्पोट आएको छ । जसमा १ सय ४ जनाको नेगेटिभ, २ को पोजेटिभ आएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबै भन्दा बढि कास्कीमा ४७ जनाको नुमना संकलन भएको छ । तनहुँ, मनाङ, मुस्ताङ र नवलपुरमा अहिले सम्म कुनै संकास्पद नभेटिए पछि नमुना संकलन गर्न नपरेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।

अहिले सम्म बागलुङका १८ जना, स्याङजाका ८ जना, पर्वत २३, लम्जुङका ९ जना, गोरखा २ म्याग्दीका ३ जनाको स्वाब परीक्षणका गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ५४ वटा परीक्षण गरीएको ५० वटामा संक्रमण नदेखिएको र ४ वटाको नतिजा आउन बाँकी रहेको शर्माले बताए ।
पोजेटिभ दुई जना नै बागलुङका रहेका छन् ।

उनीहरुको धौलागिरी अञ्चल अस्पतालको आइसोलेजनमा उपचार भईरहेको छ । उनीहरु बेल्जियमबाट ४ चैतमा कतारको दोहा हुँदै काठमाडौं पोखरा हुदै बागलुङ पुगेका थिए । कतार एयरको त्यही फ्लाइटमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीहरुको पनि नमुना परीक्षण गरिएको थियो, जसमा पोजेटिभ रिपोर्ट आएको थियो ।

कमेन्टहरु
Loading...