पोखरामा कोरोनाबाट मृत्यु भएकाको सेतीनदी किनारमा शव व्यवस्थापन

अवरोध गर्ने १५ जना पक्राउ, नौ जना घाइते

पोखरा, २६ जेठ/ कोरोना संक्रमणका कारण पोखरामा मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव सोमबार बेलुकी व्यवस्थापन गरिएको छ । पोखराको सेती नदी किनार रिठ्ठाघाटमा व्यवस्थापन गरेको नेपाली सेनाले जानकारी दिएको छ ।

शव पोखरा २० भलाम र पोखरा ११ फुलबारीको सेतीकिनारमा ल्याउन थाहा पाएपछि स्थानीय विरोधमा उत्रिएका थिए । विरोधमा उत्रिएका १५ जनालाई पक्राउ गरे कास्कीका प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

शव गाड्न नदिने भन्दै स्थानीय विरोधमा उत्रिएका पछि केहीबेर प्रहरी र स्थानीयबीच झडप भएको थियो । झडपमा दुवै तर्फका नौ जना घाइते केही व्यक्ति घाइते भए । प्रहरी तर्फ चार जना घाइते भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

कोरोनाबाट मृत्यु भएकाको शव जलाउनु पर्ने भए पनि जातीय संस्कार अनुसार गाडिएको हो । मृतक गुरुङ समुदायका हुन् । आइतबार कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० वर्षीय पुरुषको गण्डकी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कमेन्टहरु
Loading...