कास्की काङग्रेसद्वारा बाढी पीडितलाई राहतको माग

पोखरा, ३ साउन/ नेपाली काङ्ग्रेस कास्कीले सोमबार विज्ञप्ति प्रकाशित गरी कास्कीको पार्चेस्थित सोधागाउँ सहित देशभरका बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ।

कास्की काङ्ग्रेसका कार्यवाहक सभापति हरि आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा बाढी पहिरोले पु¥याएको भौतिक तथा मानवीय क्षतिको वितरण तत्काल संकलन गरी प्रभावितलाई राहत उपलब्ध गराउन तथा जोखिममा रहेकालाई उद्वार गर्न माग गरिएको छ।

विज्ञप्तिमा आइतबार बाढी प्रभावित क्षेत्र सोधा गाउँमा पुगेर पीडितलाई पार्टीले साथ दिने प्रतिवद्वता व्यक्त गरेको उल्लेख छ। सोधामा मादी नदिको कटानले एक घर बगाएको, आठ परिवार विस्थापित हुने अवस्थामा पुगेको भन्दै पीडितलाई तत्काल राहत दिन तथा स्थानीय चिप्ली खोलामा तटबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

कमेन्टहरु
Loading...