पोखरामा अन्तराष्ट्रिय कण्डम दिवस मनाउने

पोखरा, २९ माघ/पोखरामा अन्तराष्ट्रिय कण्डम दिवस मनाउने तयारी भएको छ । पश्चिमाञ्चाल एचआईभि एड्स संजाल, जिल्ला जनस्वास्थ्य कार्यालय कास्की र एड्स हेल्थकेयर फाउन्डेशन नेपालको सहयोगमा पोखरामा कण्डम दिवस मनाउने तयारी भएको हो ।

पोखराको बसुन्धरा पार्कमा हुने मुख्य कार्यक्रममा विभिन्न सास्कृतीक, सांगितीक, साइकल ¥याली, कण्डम वितरण लगाएतका कार्यक्रमको आयोजना हुनेछ । फेब्रुअरी १३ अर्थात फागुन १ गते हुने कार्यक्रममा कण्डम प्रयोगका बारेमा जनचेतना मुख्य प्रथामिकत दिएको एड्स हेल्थकेयर फाउन्डेशन नेपालका बबि सिंहले जानकारी दिए ।

उनले विहान साईकल ¥याली, दिऊसो निशुल्क एचआईभि जाँच तथा कण्डम वितरण, सास्कृतिक कार्यक्रम र साझँ राष्ट्रियस्तरका कलाकारबाट सांगितीक कार्यक्रम सञ्चालन हुने बिहीबार पोखरामा आयोजित कार्यक्रममा सिंहले जानकारी दिए । ‘एचआईभि संक्रमणबाट दुबै सुरक्षीत हुने माध्येम भनेको कण्डम नै हो,’ उनले भने, ‘कण्डम प्रयोगलाई पहिलो प्रथामिकतामा राखेर सबैलाई जानकारी दिनु पर्छ ।’

उनले फाउण्डेशनले नेपाल लगायत अन्य देशहरुमा समेत २ करोड मानिसलाई सन् २०२० सम्ममा उपचारमा ल्याउन सहयोग गर्ने बताए । उनले त्यसका लागि समुदायस्तरमा गरिने एचआईभि परीक्षणलाई बढाउदै सरकारबाट दिने एआरटीलाई गुणस्तरीय बनाउन सहयोग अगाडी बढाएको उल्लेख गरे । ‘कण्डम भनेर लजाउनु हुदैन,’ उनले भने, ‘दोहोरो सुरक्षाका लागि कण्डम प्रयोग अति आवश्यक छ ।’

विश्वमा ३ करोड ६९ लाख एचआईभि संक्रमित व्यक्तिहरु छन् भने नेपालमा ३९ हजार २ सय ४९ रहेको तथ्याङक छ । कास्कीमा हाल करिब दुई हजार १ सय रहको तथ्याङक छ भने पश्चिमाञ्चल अस्पातलमा नियमीत एआरटि सेवन गर्ने ८ सय ५० जना छन् । सन् २०३० सम्ममा एचआईभि संक्रमति व्यक्तिहरु हुने भेदभावलाई शुन्यमा पु¥उयाने उद्देश्यले कार्यक्रमको रहेको छ । कास्कीको लेखनाथमा २ दिन सम्म गरेको एचआईभिको परिक्षणमा २ जना नयाँ विरामी फेलापरेको उनले बताए । ७ सय जनामा गरिएका परिक्षणमा २ जना भेटिएको हो ।

कमेन्टहरु
Loading...