पोखराको रामघाटमा सेती थुनिएर ताल छोरेपाटनमा डुवान

पोखरा, ११ साउन /अविरल वर्षाको कारण पोखराका विभिन्न क्षेत्र डुवानमा परेको छ । सोमबार साझँ देखि परेको अबिरल वर्षाका कारण रामघाटमा सेती नदि थुनिएको छ । अहिले त्यस क्षेत्रमा ठूलो ताल बनेको छ । लगातारको बर्षाले पोखराको छोरेपाटन क्षेत्र समेत डुवानमा छ । रामघाट र छोरेपाटनमा निकै ठूलो ताल छ ।

छोरेपाटनमा पानीको निकास नहुदा झण्डै २० घर डुवानमा परेका छन् । सेति नदीमा पानीको वहाव बढेपछि रामघाट क्षेत्र जलमग्न भएको छ । पानीको सतह बढेपछि सेति किनारका वासिन्दा विस्थापित भएका छन् । कास्कीकै कसेरीमा सेति नदीको बहाव बढेपछि ३० घर जोखिममा परेका छन् । जोखिमयुक्त घरका बासिन्दालाई सोमवार साझँ देखिनै अन्यत्र सारिएको प्रहरी नायब उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

बर्षाको कारण पहिरो जादा मंगलवार विहान केहिबेर अबरुद्ध भएको पोखरा बाग्लुङ्ग राजमार्ग एक तर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । विभिन्न तीन स्थानमा गएको पहिरो हटाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो । अघिल्ला वर्षहरुमा पनि ठुलो पनि पर्दा यस्तै हुने गरेको थियो । साघुरो मुखबाट धेरै पानी जाँदा सेती थुनिने गरेको हो । पानी थुनिएदा रामघाटमा रहेको ९ घर जोखिममा परेका छन् । सोमबार विहान ८ बजे देखि मंगलबार विहान ८ बजे सम्ममा पोखरामा २ सय २२ मिलिलिटर पानी पोखरामा परेको छ । तस्विर ः सञ्जय शाक्य

पोखराको रामघाटमा सेती थुनिएर पछि  तस्विर ः सञ्जय शाक्य

कमेन्टहरु
Loading...