चीनको बेइजिङमा हृदयघातबाट पोखराका पराजुलीको निधन

पोखरा, २४ जेठ/पोखराबाट चीन भ्रमण गएका एक व्यक्ति ह्दयघातका बेइजिङमा मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका २३ घाटिछिनाका ६६ वर्षीय लीलाधर पराजुलीको बेइजिङमा हृदयघातका कारण मृत्यु भएको हो ।

उनी सबलाइन बोर्डिङ स्कुल पोखराका फाउण्डर डाइरेक्टर हुन् । उनको दुई अघि मृत्यु भएको पारिवारी स्रोतले जानकारी दिएको छ ।

चीनबाट नेपाल शव ल्याउन झन्झटीलो प्रक्रिया भएका कारण शव ल्याउन केही दिन लाग्ने जनाएको छ । पराजुलीका दुई श्रीमती, ५ छोरा र एक छोरी छन् । शवलाई नेपाल ल्याउन ७८ हजार चिनियाँ युआन अर्थात् १३ लाख रुपैयाँभन्दा बढी पर्ने जनाएको छ ।

कमेन्टहरु
Loading...