पोखरामा घरमा चट्याङ पर्दा क्षति

पोखरा, १४ जेठ /पोखरा लेखनाथ महानगरपालिका वडां ३३ बरपौवास्थित तीलबहादुर भुजेलको घरमा आज परेको चट्याङका कारण एउटा भंैसी मर्नुका साथै घरमा क्षति पुगेको छ ।

दिउँसो ४.१० बजे परेको चट्याङका कारण घरको गाह्रो भत्कनुका साथै विद्युत लाइन जलेर तारहरू टुक्रा टुक्रा भएको स्थानीयवासी दुर्गा केसीले जानकारी दिनुभयो ।

चट्याङले घर र गोठमा क्षति पु¥याए पनि मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो ।

विगत केही दिन यता अत्याधिक रुपमा चट्याङ पर्ने गरेको र ठूलो हावाहुरीले रुखहरू लड्नुका साथै खेत तथा बारीमा लगाइएको मकै लड्दा यस क्षेत्रका कृषक समस्यामा परेका छन् ।

कमेन्टहरु
Loading...