आफ्नै गाउँ फर्कि आए, झाँडी फाडेर खेती सुरु

पोखरा, २ जेठ/ लकडाउनले सहरमा खान लाउनका लागि कतिलाई अप्ठेरो परेको छ । काम गर्न नपाउदा विहान बेलुका खानलाई समस्या भएको छ । त्यस्तो समस्या नआउदै कतिपय सहर छाडेर गाउँ फर्किन थालेका छन् । गाउँमा भएको पुरानो घरलाई सजसाज र बारीमा खेतीपाती नै सुरु गरेका छन् पोखरामा ।

पोखरा महानगरपालिकाको विकट क्षेत्रका रुपमा चिनीएको पोखरा २३ चैनपुर र कुइरेडाँडामा झाँडी फाडेर खेती सुरु गरेका छन् । पोखरा २३ चैनपुरमा ५० रोपनी जग्गामा कफि खेती र कुइरे डाँडामा रहेको बाँझो जमिनमा सहरबाट फर्किएर खेती सुरु गरेका हुन् ।

गाउँबाट सहर झरेकाहरु गाउँ फर्किएर घरको मर्मत सम्भार र बाँझो जग्गामा खेती थालेका हुन् । चैनपुरमा कृषि समुह बनाएर पाँच जनाले कफि खेती थालेका हुन् । उनीहरुले झाँडी बाडेर पाँच सय कफिका विरुवा रोपी सकेका छन् भने अझै रोप्ने तयारीमा रहेको बताए । उनले सहरमा भन्दा आफ्नै जन्मथलो सबैलाई प्यारो लाग्ने बताए ।

पोखरा महानगरपालिका वडा नम्बर २३ फेवातालको सिरान कुइरेडाँडा ७ वर्ष अघि सम्म निकै गुल्जार थियो । ४५ घर धुरी रहेको सुनार बस्तीका प्राय सबैका घरघरमा हलगोरु थिए । भैसी, बाख्रा भएपछि धान, कोदो, मकै, तरकारी उस्तै राम्रो हुन्थ्यो कुइरेडाँडाको सुनार बस्तीका अगुवा ६० वर्षिय बलविर सुनारले सम्झीए ।

छोराहरु तल बेसीमा झरेपछि आफुपनि तल नै गएको बताए । उनी मात्रै हैन उनका छिमेकी र दाजुभाई पहिले धान झुल्ने र कोदा, तरकारी हुने १५ सय देखि २ हजार रोपानी जमीनमा फैलिएको झाँडी फाँडेर बिस्तारै खेती गर्न लागेका छन् ।

तल बेसीमा घर बाहेक यहाँ जस्तो खेती गर्ने जमिन छैन । कोरोनाको महामारी फैलिएपछि अब आफै उत्पादन गरेर भए पनि खानु प¥यो नि भन्दै काममा उनीहरु कसिएका छन् । ५ वर्ष देखि गाउँ छाडेकोले सुनसानभएको बस्तीमा गाउँले घर फर्केर खेती किसानीमा जुटेको थाहा पाएपछि पोखरा महानगरलिकाको कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले २ सय वटा लहरे बालीका बिरुवा लिएर गाउँ पुगे । उनले जग्गा हुनेले खेती नगर्ने र जग्गा नहुनेले जग्गा नपाउदा नेपालमा उत्पलान बढ्न नसकेको बताए ।

समुन्द्र सतह देखि १५ देखी १६ सय मिटर उचाइमा रहेको चैनपुर र कुइरेडाँडा पर्दछ । कृषि उत्पादनमा लागेका उनीहरुलाई आवश्यक प्राविधिक सहयोग गर्ने महानगरले जनाएको छ । कोरोना कहरका कारण आफ्नो जन्मस्थल, घर र देश सम्झने र फर्कने क्रम बढेको छ । वर्षै देखि मानिसको पर्खाइमा रहेका गाउँहरु विस्तारै सिङगारीदै जाने छन् ।

कमेन्टहरु
Loading...