CAN

टोल–टोलमा उज्यालो छर्दै युनाइटेड क्लव पोखरा

82

पोखरा, १४ जेठ /युनाइटेड क्लव पोखरा टोल–टोलमा उज्यालो अभियान तर्फ उन्मुख भएको छ । वढ्दो लोडसेडिङ र समाजमा देखिएका विभिन्न बिसंगतिहरुलाई न्युनिकरण गर्ने उद्देश्यले क्लवले अमरसिंह ’roundका टोलहरुमा सडक सोलार जडान गरी टोल टोलमा उज्यालो अभियान तर्फ अगाडी वढेको हो ।

शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागी पोखरामा चिडियाखाना निर्माणमा पहलकदमी चाल्दै आएको युनाइटेड क्लव पोखराले अमरसिंह चोक ’roundका विभिन्न टोलहरुमा सडक सोलार जडान गरी उज्यालो अभियानलाई अगाडी वढाउने भएको छ । क्लवले मुलुकमा रोगको रुपमा रहेको लोडसेडिङलाई मध्येनजर गरी टोलटोलमा हुने बिसंगतीहरुलाई पन्छ्याउनका लागी सडक सोलारको अभियान सञ्चालन तर्फ लागेकोे हो । दुई वर्ष अगाडी पोखराको अमरसिंह चोकमा सडक सोलार जडान गरी सुरु गरेको अभियान यतिवेला अमरसिंह संगै जोडिएको माछापुच्छ«े टोलमा पुगेको छ ।

टोल–टोलमा उज्यालो छर्दै युनाइटेड क्लव पोखरा
टोल–टोलमा उज्यालो छर्दै युनाइटेड क्लव पोखरा

क्लवले तिहारको अवसरमा देउसी भैलो बाट संकलन भएको रकम र क्लवबाट समेत आर्थिक सहयोग गरी टोल टोलमा सडक सोलार जडान अभियानलाई अगाडी सारिएको क्लवका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनका लागी चिडियाखाना संगै टोललाई उज्यालो बनाउने मात्र नभइ सेती संरक्षणका लागी समेत क्लवले अभियान सञ्चालनमा ल्याउने अध्यक्ष बख्रेलको भनाइ रहेको छ । यो अभियान अन्तर्गत क्लवले बिहीबार माछापुच्छ«े टोलमा १६ वटा सडक सोलार जडान गरीे टोललाई हस्तान्तरण गरेको छ । दुई लाख ५० हजारको लागतमा माछापुच्छ«े टोलमा सडक सोलार जडान गरिएको युनाइटेड क्लवका कोषाध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार माछापुच्छ«े टोल संगै अमरसिंह चोक संगै जोडिएको शान्ति पथ, कामना टोल र गोर्खालाइन मा सडक सोलार जडान गरिने छ । बिहीबार आयोजित कार्यक्रममा पोखरा उपमहानगरपालिकाका सामाजिक शाखा प्रमुख ओमराज पौडेल मार्फत क्लवले माछापुच्छ«े टोललाई सडक सोलार हस्तान्तरण ग¥यो । सो कार्यक्रममा वोल्दै पौडेलले युनाइटेड क्लवले पोखरा उपमहानगरपालिकाको सहयोग बिनानै माछापुच्छ«े टोलमा सोलार जडान गर्नु आफैमा स्रहानिय काम भएको वताए । युनँइटेड क्लवले पोखराको सम्बृद्धिको लागी अग्र पङतीमा अगाडी वढेकाले बिकासको काममा अगाडी वढ्ने युनाइटेड क्लवको सिको अन्य क्लवहरुले गर्नुपर्नेमा जोड दिए ।

माछापुच्छ«े टोल बिकास संस्थाको अध्यक्ष नरहरि पनेरुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका सह सचिव तथा सौर्यबत्ती जडान अभियानका संयोजक लोक बहादुर थापा, क्लवका उपाध्यक्ष सुुक बहादुर गुरुङ ,टोल बिकास संस्था टोल समन्वय समिती वडा नम्बर १० का अध्यक्ष सम्मर बहादुर श्रेष्ठ लगायतले क्लवले टोलका लागी श्रहानिय काम गरेको वताए । कार्यक्रमको सञ्चालन माछापुच्छ«े टोल बिकास संस्थाका सचिव जयराम आचार्यले गरेको कार्यक्रममा माछापुच्छ«े टोल बिकास संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक माया गुरुङ भुजेलले स्वागत मन्तब्य राखेकी थिइन ।