छाडा साढे द्धारा पोखरामा एक बृद्ध शक्त घाईते

पोखरा, २३ पौष/पोखराको सिमलचौरमा आज बिहान छाडा चौपाय ( साढे) को आक्रमण बाट एक बृद्ध शक्त घाईते भएका छन । बोटोमा हिडिरहेको अबस्थामा स्याङ्गजा जिल्ला पुतली बजार नगरपालिका एक का रामबन्धु रेग्मीलाई साढे ले मुल सडकमै आक्रमण गरेको थियो । आक्रमण बाट रेग्मीको दायाँ हात दुई भागमा र दायाँ आँखाको नानिमा असर पुगेको छ ।

उनको आँखाको नानि नै बाहिर निस्कीएको उनका आफन्त बाबुराम पोखरेलले जनाकारी दिएका छन । पोखरा सृजनाचोक बस्ने ७० बर्ष बृद्धलाई साढेले एक्कासी आक्रमण गरेपछि एक टयाक्सी चालकले नजिकैको मेट्रोसीटी अस्पतालमा लगीदिएका थिए । उनको अहिले सोही अस्पतालमा उपचार भैरहेको छ ।

बृद्धको अबस्था गभ्भिर रहेको बताईएको छ । नगरापालिकाले छाडा चौपायाको ब्यबस्थापन गर्न नसक्दा सडक दुर्घटना तथा यस्ता खालका घटना हुने गरिका छन । पोखरामा चर्चा रहेको कान्जी हाउज अहिलेसम्म पनि सञ्चालन गर्न सकिएको छैन । पर्यटकिय शहरको रुपमा चिनिने पोखराका सडकमा यस्ता छाडा चौपाया यत्रतत्र रहेका छन । यसको उचित ब्यबस्थापन गर्न पोखरेलीहरुले माग समेत गरेका छन ।

कमेन्टहरु
Loading...