पोखरामा अग्रेजी नयाँ वर्षमा केवलकार चढ्न पाउने

पोखरा, २२ असोज/ पोखरामा निर्माण भईरहेको केवलकार पुष भित्रमा सञ्चालन गर्ने तयारीका साथ काम भईरहेको कम्पनीले जनाएको छ । कात्तिक भित्र तारको लठ्ठा हालि सकेर गण्डोला जडान गरेर प्राविधिक/इन्जिनियरिङ परीक्षण गरिने निर्माण कम्पनीले जानकारी दिए ।

परीक्षणपछि अग्रेजी नयाँ वर्षमा सर्वसाधारणले केवलकार चढेर सराङकोटमा पुग्न सकिने केवलकार निर्माता अन्नपुर्ण केवलकार प्रालिका सञ्चालक तीर्थराज त्रिपाठी बताए । प्रालिले २०७४ साल माघदेखि कामको थालेको थियो ।

अहिले सम्म ८० प्रतिशत काम सकिसकेको उनले बताए । मुख्य स्टेशनको काम अन्तिम चरणमा छ । १८ टावर जडान भइसेका छन् । जापानीज प्राविधिकले तार जोड्नका लागि आवश्यक काम गरिरहेको उनले बताए । उनले अग्रेजी नयाँ वर्षलाई लक्ष्त गरेर काम भईरहेको बताए । उनले पहिले देशैमा नै तयार गर्ने लक्ष्य भए विभिन्न प्राविधिक कारणले काम हुन नसकेको बताए ।

जापानस्थित निपोन कम्पनीका सामानहरु केवलकारमा प्रयोग भएका छन् । अन्नपूर्ण केवलकार पोखरा महानगरपालि १८ सेदी देखी सराङकोटसम्म दुई दशमलव ४ किलोमिटरको दुरीको हुने छ । केवलकार निर्माणको सिभिलको काम भने चितवन कोई प्रालिले गरेको छ । सराङकोटको टावर १ हजार ५ सय १५ मिटरको उचाईमा रोकिने छ ।

तल्लो स्टेशन समुद्री सतहदेखि ८ सय ७० मिटरको उचाईमा छ । त्यो उचाई केवल ८ मिनेटको यात्रामा पुरा हुने छ । १७ वटा गण्डोला (डिब्बा) ले सर्वसाधारणलाई ओसार्ने छ । प्रत्येक डिब्बा आठजना यात्रुको क्षमताको हुने उनले सुनाए । केवलकारमा प्रतिघण्टा पाँच सय यात्रु आउजाउ गर्न सक्ने छन् ।

केवलकारको लागत करिब १ अर्ब ३१ करोड रुपैयाँ लाग्ने प्रालिका त्रिपाठीले जानकारी गराए । केवलकारले सनराईज बैंक तथा नेपाल राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानीमा निर्माण गरेको हो । केवलकार निर्माणले पोखराको पर्यटनमा नयाँ आयाम थपिने उनको दावी छ । आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकारबाटै मनोरम दृष्यावलोकन गर्न सहज हुने छ ।

 

कमेन्टहरु
Loading...