सौन्दर्य पेशामा सक्षमता मात्र हैन स्वस्थ प्रतिष्पर्धाको खाँचो

कृपा भण्डारी
पोखरा, २७ पौष/मानिसको बाहिरी ब्यतिmत्व निर्खान सौन्दर्य पेशामा होमिएका सौन्दर्यकर्मीहरुविच स्वस्थ प्रतिष्पर्धा हुन आवाश्यक रहेको एक कार्यक्रमका बतmाहरुले बताएका छन् । गुरुङ हर्वल ब्युटि पार्लर एण्ड एकेडेमीको आयोजनामा शनिबार पोखरामा आयोजना गरीएको प्रमाणपत्र वितरण समारोहमा बोल्ने अधिकाँश बतmाहरुले सौन्दर्य पेशामा सक्षमतासंगै स्वस्थ प्रतिष्पर्धि भुमिकाको पनि आवाश्यक रहेको कुरामा जोड दिएका हुन् ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका महिला सेल प्रमुख ईन्सपेक्टर चन्द्रा गुरुङले पार्लरले सौन्दर्य प्रशाधन र यसले पार्ने प्रभाव मात्र नसिकाएर हजारौ महिलालाई आयआर्जनको बाटो देखाएको भन्दै खुशि ब्यतm गर्नुभयो । गुरुङले आर्थिकमा पहुँच नै महिला स्वतन्त्रताको आधार हुने कुरामा जोड दिनुभयो । विशेष अतिथि नेपाल पत्रकार महासंघ का केन्द्रिय सदस्य दुर्गा भण्डारले ब्युटिपार्लर ब्यवसायलाई समाजले नकरात्मक रुपमा हेर्ने सोचमा हिजोआज परिवर्तन आएको भन्दै यो पेशालाई मर्यादित बनाउन सबैले पहल गर्नुपर्ने बताउनुभयो । अर्का विशेष अतिथि सामुदायिक सेवा केन्द्र्र एवं प्रहरी सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष चिरन्जिवि श्रेष्ठले आफनो सिपको उपयोग गरी आयआर्जनको काममा महिला स्वयं लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एकेडेमीबाट प्रशिक्षित १ सय ५ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिनुका साथै ९ जना प्रशिक्षार्थीलाई अनुशाशन विद्याबाट पुरस्कृत गरिएको थियो । यस्तै प्रशिक्षार्थी कल्पना गुरुङ स्टुडेन्ट अफ द ईयर को तानज पहिरिन सफल भईन् भने चरित्रदेवी गुरुङ द्धितिय र रत्न गुरुङ तृतिय भईन् । विजयी सवैलाई मायाको चिनु, सम्मानपत्रले पुरस्कृत गरिएको थियो ।

गुरुङ हर्वल ब्युटि पार्लरका एण्ड एकेडेमीका प्रोपाईटर चिनु गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमममा पोखरा उद्योग वाािण्ज्य संघका कार्यसमिति सदस्य विन्दु कोईराला सुवेदी, पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतिक, सन्चारिका समुह पश्चिमान्चलका अध्यक्ष बसन्ती बाँस्तोला, मेट्रो ईन टुर एण्ड ट्राभल्सका कमला गिरि , सामुदायिक सेवा केन्द्र एवं प्रह्री सेवा केन्द्र समन्वय समिति जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठ, पुर्व अध्यक्ष सिता गुरुङ, सन्चारकर्मी सरस्वती गुरुङ लगायतले सिकेका कुरा ब्यवहारमा उतार्न प्रशिक्षार्थीलाई सुझाव दिएका थिए । कार्यक्रमको संचालन संचारकर्मी कृपा भण्डारीले गरेकी थिईन् भने समृद्धि थापाले स्वागत मन्तब्य राखेकी थिईन् ।

कमेन्टहरु
Loading...