नगर विकास बसपार्क निर्माणमा तिब्र रुपमा सकृय

पोखरा, २८ माघ/पोखरा उपत्यका नगर बिकास समितीले पृथ्बीचोकमा अधिग्रहण गरिराखेको जग्गामा बसपार्क निर्माणको प्रकृया तिव्र रुपमा अगाडि बढेको जानकारी दिएको छ । उसले बसपार्क निर्माणकै लागि त्यस क्षेत्रमा भएका अव्यवस्थित घरटहरा हटाउनलाई केहि समय अगाडि सार्वजनकि सुचना जारी गरेको थियो ।

पुस २५ गते १५ दिने सुचना जारी गरेपछि नगर बिकास समिती केहि विवादमा पनि तानिएको थियो । यद्यपी समितिले भने लागत स्टिमेट बनाएर बसपार्कको कामलाई अगाडि बढाउन लागेको अध्यक्ष विष्णुप्रसाद बाँस्तोलाले जानकारी दिए । समितीले हाल बसपार्कका बिषयमा छलफल,स्थलगत अध्ययन तथा बर्तमानको लागत स्टमेट बनाईरहेको उनले सुनाए ।

कमेन्टहरु
Loading...