हेरालोलाई विएफजेबाट दश लाख सहयोग

पोखरा, १९ बैशाख /हेरालो प्रतिष्ठान कास्कीलाई बुद्ध फाउण्डेशन जावान (विएफजे) बाट १ कक्षा देखि ५ कक्षा सम्म अध्ययन गर्ने अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृत्ती दिनको लागि दश लाखको अक्षयकोष स्थापना गर्न बुद्ध फाउण्डेशन जापानको तर्फबाट अध्यक्ष याशिकाजु काटो तथा हेरालो प्रतिष्ठान कास्कीको तर्फवाट निवर्तमान अध्यक्ष रोश गुरुङ्गले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

रकम अधिकतम व्याज दिने वैंकमा मुद्धती खातामा राख्ने र सो बाट प्राप्त हुने वार्षिक व्याजबाट कम्तीमा २० जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गर्ने छ । समारोहमा विएफजेका अध्यक्ष याशिकाजु काटो तथा हेरालो प्रतिष्ठान कास्कीका अध्यक्ष झम गुरुङ्गले सहयोगले विद्यार्थीले पढ्न पाउने बताए ।

यस अघि हेरालो प्रतिष्टान कास्कीको सिफरिसमा विएफजेले १२ जना अति विपन्न वर्गाका मुटुका विरामीहरुको शल्यकृया गर्नको लागि सहयोग उपलव्ध गराएको थियो भने सो संस्थाले विगत लामो समय देखि स्वास्थ्य र शिक्षको क्षेत्रमा पोखरामा अन्य धेरै सहयोग उपलव्ध गराउदै आएको छ ।

कमेन्टहरु
Loading...