बुद्ध विशाल बजारको रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन

पोखरा, १४ असार / बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको आयोजना तथा रक्त संचार केन्द्र पोखराको प्राविधिक सयोगमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

एशोसियसनले आठौ पटक आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ६५ जनाले स्वतःस्फूर्त रूपमा रक्तदान गरेका छन् ।

कार्यक्रममा बुद्ध विशाल बजार व्यवस्थापन समितिका अध्यक्ष हर्क वहादुर शेरचनले पहिलो रक्तदाता बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा सल्लाहकार माधव सिग्देललाई ब्लड ब्याग हस्तान्त्रण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बुद्ध विशाल बजार व्यवस्थापन समितिका अध्यक्ष हर्क वहादुर शेरचनले सवै भन्दा ठुलो दान रक्तदान कार्यक्रम आयोजना गरेकोमा एशोसियसनलाई धन्यवाद दिदै आगामी दिनहरुमा व्यवस्थापन समिति र बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन सग सगै मिलेर काम गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

रक्तदान कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीले रगत पैसा तिरेर पनि पाँईदैन, पसलमा किन्न पनि पाइँदैन, बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्दछ ।

कोरोनाको यो महामारीको अवस्थामा रगतको चरम अभाव भएको र यति बेला दुर्घटना तथा शल्यक्रिया, प्रसूति लगायतका आपत्कालीन उपचार चाहिने बिरामी रगत नपाएकै कारण जीवन र मरणको अवस्थामा अस्पतालको शय्यामा छटपटाइरहेका अवस्थामा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले सामाजिक उत्रदायित्व बहन गद्र्रे आठौ पटक यो रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।

उक्त रत्तदान कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका महासचिव ईन्द्रराज अर्यालले सन्चालन गरेका थिए भने बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक शिव शर्माले रक्तदान कार्यक्रममा सहभागी सवैमा स्वागत गर्दै आगामी दिनहरुमा पनि सवैको साथ र सयोग हुने बताए ।

कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका सचिव बुद्धी बहादुर कुवंर सल्लाहकारहरु जगन्नाथ ढकाल, ध्रुव प्रसाद रेग्मी लगाएतले मन्तब्य राखेका थिए ।

कमेन्टहरु
Loading...